

आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
बुटवल । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न प्रहरीको एक्लो प्रयास मात्र पर्याप्त नहुने भन्दै सबै सरोकारवाला निकायको सामूहिक प्रतिबद्धता र सहकार्य आवश्यक रहेको बताएका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सोमबार आयोजित आत्महत्या, लागूऔषध दुर्व्यसन तथा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै आइजीपी कार्कीले सडक दुर्घटना, लागूऔषध दुर्व्यसन र आत्महत्या नेपाली समाजका गम्भीर चुनौतीका रूपमा देखापरेको उल्लेख गरे।
उनले यस्ता सामाजिक समस्याको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै समुदाय, स्थानीय तह, शैक्षिक संस्था, अभिभावक तथा सम्बन्धित सरोकारवाला निकायबीचको सहकार्य अपरिहार्य रहेको बताए।
आइजीपी कार्कीले प्रविधिको प्रभावकारी प्रयोगमार्फत अपराध नियन्त्रण र अनुसन्धानलाई थप सुदृढ बनाउन सकिने उल्लेख गर्दै सफल अनुसन्धान र अपराध न्यूनीकरणबाट सभ्य, सुरक्षित तथा शान्तिपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे।
कार्यक्रमका अवसरमा उनले जनचेतनामूलक कार्यक्रम सफल बनाउन योगदान पुर्याएका व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गर्नुका साथै ‘Hack4Safety–2083’ अन्तर्गत उत्कृष्ट स्थान हासिल गर्ने टोलीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले स्वागत मन्तव्य राखेका थिए भने लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक दयानिधि ज्ञवालीले धन्यवाद ज्ञापन गरेका थिए।
त्यस्तै कार्यक्रममा नेपाल प्रहरी केन्द्रीय संगीत विद्यालयको ब्याण्ड प्रस्तुति, एसिड आक्रमण तथा जलनसम्बन्धी जनचेतनामूलक प्रस्तुति, लागूऔषध दुर्व्यसन, सडक दुर्घटना, आत्महत्या र बालविवाहसम्बन्धी नाटक तथा लागूऔषध दुर्व्यसनबाट प्रभावित भई पुनःस्थापित भएका व्यक्तिहरूका अनुभव प्रस्तुत गरिएको थियो।
युवा पुस्ता, विद्यार्थी, अभिभावक तथा आम नागरिकलाई साइबर अपराध, लागूऔषध दुर्व्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण र डिजिटल सुरक्षाबारे सचेत गराउने उद्देश्यसहित आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१५ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



