देशभर मौसममा विविधता: कतै बदली, कतै वर्षा र कतै तातो दिनको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान सूचना

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न भूभागमा मौसममा विविधता देखिएको छ।

दिउँसोको मौसम

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा पनि आंशिक बदली रहने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै कोशी प्रदेशको तराई, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरूमा पनि चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन (Hot Day) रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको मौसम

आज राति देशका हिमाली र पहाडी भूभाग तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ। अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै कोशी प्रदेशको तराईका केही स्थानहरूमा पनि चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
307 Shares