

`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
नेपालका सडकहरू पछिल्ला वर्षहरूमा केवल यातायातको माध्यम मात्र नभई दिनप्रतिदिन मृत्युको जोखिम बोक्ने मार्ग बन्दै गएका छन्। यही पृष्ठभूमिमा पर्सामा सुरु भएको ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८३’ सडक सुरक्षाप्रति राज्य र नागरिक दुवैको ध्यान तान्ने सकारात्मक प्रयास हो।
वीरगञ्जमा विभिन्न सुरक्षा निकाय, स्थानीय प्रशासन, विद्यालय, सामाजिक संस्था र नागरिक समाजको सहभागितामा सुरु भएको यो अभियानले सडक दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। र्याली, प्रशिक्षण, अन्तरक्रिया र जनचेतनामूलक गतिविधिमार्फत सडक सुरक्षा सन्देशलाई जनस्तरसम्म पुर्याउने प्रयास सराहनीय छ।
नेपालमा प्रत्येक वर्ष हुने हजारौँ सडक दुर्घटना र त्यसमा हुने जनधनको क्षतिले यो समस्या केवल प्रशासनिक होइन, सामाजिक संकटको रूपमा स्थापित भइसकेको छ। तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति, नियम उल्लङ्घन, अव्यवस्थित सडक संरचना र कमजोर कानुन कार्यान्वयनजस्ता कारणले दुर्घटना घट्नुको सट्टा बढिरहेको वास्तविकता गम्भीर छ।
तर, यस्ता अभियानहरूको प्रभावकारिता केवल कार्यक्रमको उत्साहमा सीमित रहनु हुँदैन। र्याली, नारा र सचेतनामूलक सप्ताह मात्रले सडक सुरक्षा सुनिश्चित गर्न सक्दैनन्। ट्राफिक प्रहरी एक्लैले दुर्घटना रोक्न सक्दैन भन्ने यथार्थलाई स्वयं सरोकारवालाले स्वीकार गर्नुले समाधान सामूहिक जिम्मेवारीमा निहित रहेको स्पष्ट गर्छ।
सडक सुरक्षा भनेको केवल नियमको कडाइ होइन, बरु संस्कार हो। हेल्मेट लगाउने, सिटबेल्ट बाँध्ने, गति नियन्त्रण गर्ने र जिम्मेवार रूपमा सवारी चलाउने बानी विकसित नभएसम्म दुर्घटना न्यूनीकरण सम्भव देखिँदैन। कानुन उल्लङ्घनपछि जरिवाना तिर्ने मानसिकताभन्दा पहिले नै सचेत भएर दुर्घटना रोक्ने संस्कार निर्माण गर्नु आजको आवश्यकता हो।
त्यसैले, पर्सामा सुरु भएको यो अभियानले दीर्घकालीन प्रभाव पार्न सके मात्र यसलाई सफल मान्न सकिन्छ। अन्यथा, चेतनामूलक कार्यक्रमहरू औपचारिकतामा सीमित भएर सडक दुर्घटनाको श्रृंखला यथावत् रहने खतरा रहन्छ।
अन्ततः, सडकमा गुमिरहेका अमूल्य जीवन बचाउन राज्य, सुरक्षा निकाय, चालक, यात्रु र आमनागरिक सबैको समान जिम्मेवारी आवश्यक छ। सडक सुरक्षा अभियानको सार पनि यही हो—नियम पालनाको संस्कार नै जीवन बचाउने सबैभन्दा प्रभावकारी उपाय हो।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



