

न्यूजिल्यान्डमाथि ३–१ को जितसँगै इजिप्ट विश्वकप समूह जीको शीर्ष स्थानमा
इजिप्ट — विश्वकप फुटबल २०२६ अन्तर्गत समूह जीको खेलमा इजिप्टले न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थान कब्जा गरेको छ। पहिलो हाफमा पछि परेको अवस्था उल्टाउँदै इजिप्टले दोस्रो हाफमा शानदार पुनरागमन गरेको हो।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको न्यूजिल्यान्डले पहिलो हाफमा फिन सम्र्यानको हेडर गोलमार्फत १–० को अग्रता बनाएको थियो। पहिलो हाफमा इजिप्ट केही दबाबमा देखिए पनि दोस्रो हाफमा टोलीले खेलको गति परिवर्तन गर्यो।
दोस्रो हाफमा इजिप्टले लगातार आक्रमण गर्दै तीन गोल गर्यो। मोस्ताफा जिकोले बराबरी गोल गर्दै टोलीको पुनरागमन सुरु गरे भने स्टार खेलाडी मोहम्मद सलाह ले दोस्रो गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए।
खेलको ८२औँ मिनेटमा ट्रेजेग्यूटले तेस्रो गोल थपेपछि इजिप्टको जित सुनिश्चित भयो। अन्तिम समयमा न्यूजिल्यान्डले गोल फर्काउने प्रयास गरे पनि इजिप्टका गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै अग्रता जोगाए।
यो जितसँगै इजिप्ट विश्वकप २०२६ को समूह जीको शीर्ष स्थानमा पुगेको छ। टोलीका लागि यो सफलता प्रतियोगितामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
८ घण्टा अगाडि
1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



