

सुनचाँदीको मूल्यमा लगातार वृद्धि, सुन तोलामा २ लाख ८८ हजार नाघ्यो
काठमाडौँ — हप्ताको पहिलो कारोबार दिनमा बढेको सुनचाँदीको मूल्य आज पनि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढ्दै २ लाख ८८ हजार ७ सय रुपैयाँ पुगेको छ।
हिजो पनि सुनको मूल्य तोलामा ६ रुपैयाँले बढेको थियो। तर यसअघि गत शुक्रबार भने सुनको मूल्यमा ठूलो गिरावट आएको थियो, जसमा तोलामै १० हजार रुपैयाँभन्दा बढीले घटेको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढ्दै ४ हजार ७ सय ३० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। गत शुक्रबार चाँदीको मूल्य पनि तोलामा ३ सय ५ रुपैयाँले घटेको थियो।
यसरी पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्यमा लगातार उतारचढाव देखिएको छ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
८ घण्टा अगाडि
1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



