रास्वपा महाधिवेशनको बन्दसत्र प्रतिनिधि विवादले प्रभावित, सुरु हुन ढिलाइ

चितवन — भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण प्रभावित भएको छ।

बिहान ९ बजेका लागि तय गरिएको बन्दसत्र दिउँसो ३ बजेसम्म पनि सुरु हुन सकेको छैन। विशेषगरी मधेस प्रदेशका प्रतिनिधि छनोट प्रक्रियामा परेको उजुरी र विवादका कारण निर्वाचन समितिले अन्तिम नामावली टुंगो लगाउन समय लिएको हो।

प्रतिनिधिको अन्तिम सूची सार्वजनिक नभएसम्म सहभागीहरूलाई बन्दसत्रको मुख्य हलमा प्रवेश दिइएको छैन। लामो समयसम्म कार्यक्रम सुरु नभएपछि टाढाबाट आएका केही प्रतिनिधिहरू होल्डिङ सेन्टर र कार्यक्रमस्थलमै आराम गर्न थालेका छन्।

रास्वपाका सांसद तथा प्रवक्ता मनिष झाले अपेक्षाभन्दा बढी प्रतिनिधि सहभागी भएकाले व्यवस्थापनमा समय लागेको बताए। उनका अनुसार सुरुमा करिब ३ हजार प्रतिनिधिको अनुमान गरिएको भए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेका छन्। यो संख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

निर्वाचन समितिले दिउँसो १२ बजेसम्म अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरे पनि प्रारम्भिक सूचीमाथि परेका उजुरी र विवरण सच्याउने कामका कारण प्रक्रिया लम्बिएको हो।

प्रतिनिधि विवाद समाधान हुन नसक्दा विधान, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने तथा छलफल गर्ने कार्यसूची समेत प्रभावित भएको छ।

रास्वपाले महाधिवेशनबाट केन्द्रीय सभापति र केन्द्रीय सदस्य चयनका लागि निर्वाचन गर्ने तयारी गरेको छ। तर बन्दसत्र ढिलो सुरु हुँदा नेतृत्व चयनको समयसमेत पछाडि धकेलिने देखिएको छ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१० घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
317 Shares