

आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम निकाल्ने प्रयास सफल हुन सक्छ । कल्पना र भावनामा समय बित्ने सम्भावना छ, तर मिहिनेत बिना सफलता कठिन हुनेछ । मनोरञ्जनभन्दा काममा ध्यान दिनु राम्रो हुन्छ ।
वृष- गल्ती र कमजोरीलाई आधार बनाएर आलोचना हुन सक्ने भएकाले सतर्क रहनु आवश्यक छ । काममा दोधार र चिडचिडापन बढ्न सक्छ। लेनदेन तथा ऋणसम्बन्धी विषयले तनाव दिन सक्छ । घर परिवारमा सम्पर्क र ध्यान दिनु उचित हुनेछ ।
मिथुन- सन्तान वा सहयोगीहरूको सहयोगले व्यवस्थापन सुधार्न सकिनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । पति पत्नी बीच समझदारी बढ्नेछ । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगितामा राम्रो नतिजा आउने सम्भावना छ । मिहिनेत अनुसार सफलता प्राप्त हुनेछ ।
कर्कट- कामबाट केही समय विश्राम लिनु उपयुक्त हुनेछ । आर्थिक गतिविधिमा सतर्कता अपनाउनु आवश्यक छ । वरिष्ठको आदेश पालना गर्नु राम्रो हुन्छ । थकान र घरायसी तनावले काममा असर गर्न सक्छ । बाध्यताले मन निराश बन्न सक्छ।
सिंह- उत्साह र आत्मविश्वास बढ्ने दिन छ । यात्राबाट लाभ मिल्ने सम्भावना छ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुन सक्छ । काममा समर्पणले राम्रो परिणाम दिनेछ । पारिवारिक भेटघाट र सम्बन्ध विस्तारको अवसर मिल्नेछ ।
कन्या- नाफाको सम्भावना राम्रो छ तर बाचा पूरा गर्न नसक्दा आलोचना हुन सक्छ । बोलीमा नम्रता अपनाउनु आवश्यक छ । खानपान र रमाइलोमा मन जानेछ । गुरुजनको साथ र प्रेरणाले आत्मविश्वास बढ्नेछ । प्रतिभा प्रदर्शनको अवसर मिल्नेछ ।
तुला- ऊर्जा र आत्मविश्वास बढ्ने दिन हो । व्यक्तिगत विकास र आकर्षणमा ध्यान जानेछ । प्रेम सम्बन्धमा सामान्य तनाव आउन सक्छ, संयम आवश्यक छ । पार्टनरसँग संवाद गर्दा सम्बन्ध सुदृढ हुनेछ।
वृश्चिक- धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनु राम्रो हुनेछ । नयाँ काम र सिकाइमा रुचि बढ्नेछ । खर्च नियन्त्रणमा ध्यान दिनु आवश्यक छ । लगानीका निर्णय सोच विचार गरेर मात्र लिनु उचित हुनेछ।
धनु- विदेश वा अध्ययनसम्बन्धी प्रयासमा प्रगति हुने सम्भावना छ । अनुभवीसँग सल्लाह लिनु लाभदायक हुनेछ । लक्ष्यमा केन्द्रित भए सफलता मिल्नेछ । लगानीबाट भविष्य सुधारिने संकेत छ । प्रतिस्पर्धामा सतर्क रहनु आवश्यक छ ।
मकर- घर र कामबीच तालमेल मिलाउन चुनौती हुनेछ । तर आर्थिक लाभ र प्रशंसा प्राप्त हुन सक्छ । आत्मविश्वास बढ्नेछ । अचानक धन लाभको सम्भावना पनि देखिन्छ । पारिवारिक सम्बन्धमा केही दूरी महसुस हुन सक्छ ।
कुम्भ- छोटो यात्रा लाभदायक बन्न सक्छ । पारस्परिक सम्बन्ध मजबुत हुनेछ । सहयोगी भावनाले मनमा सन्तुष्टि मिल्नेछ । साझेदारीबाट फाइदा हुने सम्भावना छ । धार्मिक र आध्यात्मिक रुचि बढ्नेछ।
मीन- नयाँ जानकारी प्राप्त हुने दिन हो । तर हतारमा निर्णय गर्दा समस्या आउन सक्छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । जीवन साथीको भावना बुझ्नु राम्रो हुनेछ । कार्यस्थलमा समन्वय आवश्यक छ, नत्र समस्या बढ्न सक्छ।
समाज
थप सामाग्री-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
-
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
गृहमन्त्री बसेको होटलको खानामा अखाद्य वस्तु फेला, चितवनमा होटल अनुगमन तीव्र
-
प्रहरी श्रीमती संघद्वारा बुटवलमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न
बढुवासँगै नयाँ जिम्मेवारी : एसएसपी तुलबहादुर कार्कीद्वारा प्रहरीलाई दर्ज्यानी चिन्ह सु–शोभन
२१ घण्टा अगाडि
1.5kViews 208 Shares Share on Facebook Share on Twitter ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…



