
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका अन्तर्गत पावरहाउस नजिक पृथ्वी राजमार्गमा बुधबार बिहान तेल बोक्ने ट्याङ्कर र मालवाहक ट्रक एकआपसमा ठोक्किँदा दुई चालक घाइते भएका छन् भने राजमार्ग अवरुद्ध भएको छ।
मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ क २७०० नम्बरको तेल बोक्ने ट्याङ्कर र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ७७७५ नम्बरको मालवाहक डिब्बा ट्रक ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा ट्याङ्कर चालक लमजुङको सुन्दरबजार नगरपालिका–९ निवासी ४३ वर्षीय हरीबहादुर घर्ती घाइते भएका छन्। उनको दायाँ खुट्टामा भित्री चोट लागेको छ। त्यसैगरी ट्रक चालक धादिङको नौबिसे नगरपालिका–८ निवासी ३९ वर्षीय गौतम श्रेष्ठको दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ।
दुवै घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनापछि दुवै सवारीसाधन सडकमै रहेकाले पृथ्वी राजमार्गको उक्त खण्डमा दुवैतर्फको सवारी आवागमन अवरुद्ध भएको छ। सडक खुलाउन इन्स्पेक्टर प्रदीप सुवेदीको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली खटिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेका अनुसार दुर्घटनाग्रस्त सवारी हटाएर यातायात सञ्चालन सहज बनाउन तीव्र रूपमा उद्धार तथा व्यवस्थापन कार्य भइरहेको छ।
दुर्घटनापछि राजमार्गमा सवारी साधनको लाम लाग्न थालेको छ भने प्रहरीले वैकल्पिक व्यवस्था र सावधानी अपनाउन चालकहरूलाई आग्रह गरेको छ।
समाज
थप सामाग्री-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
-
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
गृहमन्त्री बसेको होटलको खानामा अखाद्य वस्तु फेला, चितवनमा होटल अनुगमन तीव्र
-
प्रहरी श्रीमती संघद्वारा बुटवलमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न
बढुवासँगै नयाँ जिम्मेवारी : एसएसपी तुलबहादुर कार्कीद्वारा प्रहरीलाई दर्ज्यानी चिन्ह सु–शोभन
२२ घण्टा अगाडि
1.5kViews 208 Shares Share on Facebook Share on Twitter ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…



