धनगढीपछि अत्तरियाका होटलमा पनि प्रहरी छापा, १९ जना पक्राउ

धनगढी । कैलालीको अत्तरियास्थित विभिन्न होटलमा प्रहरीले सञ्चालन गरेको विशेष सर्च अपरेशनका क्रममा होटल सञ्चालकसहित १९ जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले बिहीबार अत्तरियाका हिल्टन होटल, पुर्चौँडी होटल र अपी–नाम्पा होटलमा एकैसाथ छापा मारेर अनैतिक गतिविधिमा संलग्न रहेको आशंकामा १० महिला र ९ पुरुषलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरा सिंह महराका अनुसार पक्राउ परेकामध्ये केही होटल सञ्चालकसमेत रहेका छन्। उनीहरूलाई होटलहरूमा गरिएको विशेष चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको उनले बताए।

पक्राउ परेकामाथि अहिले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय अत्तरिया क्षेत्रमा होटल तथा लजहरूमा हुने अवैध तथा शंकास्पद गतिविधि नियन्त्रण गर्न नियमित अनुगमन र विशेष अपरेशनलाई तीव्र पारिएको प्रहरीको भनाइ छ।

यसअघि धनगढीमा पनि यस्तै अपरेशनका क्रममा ७ जना भारतीय पुरुषसहित २४ जनालाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले धनगढी र अत्तरिया क्षेत्रमा यस्ता गतिविधि बढेको भन्दै निगरानी र कारबाही अभियानलाई निरन्तरता दिएको जनाएको छ।

Facebook Comments Box
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
७ घण्टा अगाडि

1.6kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रण…

TOP
312 Shares