धानमा लागेन दाना, किसान चिन्तित

पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि स्याङजाका किसानहरु चिन्तित भएका छन् । स्याङजाको वालिङ नगरपालिका १४ को हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो ।स्थानीय बजारका एग्रोभेट पसलहरुबाट ‘युएस ३१२’ जातको हाईब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए । विगत २–३ वर्षदेखि यही जातको धान लगाउँदै आएपनि अरुबेला उत्पादन राम्रो भएको तर यसपटक धानमा दाना नै नलागेको हो । “बिगतमा पनि यही धान लगाउँदै आएको थिएँ यसपटक पनि यही धानको बिउ ल्याएर ब्याड राखी असार ३१ गते धान रोपेको हुँ” उनले भने, “यसपटक त के भयो–भयो, पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन ।”डुम्रेले सात रोपनी क्षेत्रफलमा लगाएको धानखेतीमा दाना नै नलागेको हो । मानो खाएर मुरी उब्जाउने समयमा धानमा दाना नलागेर कालै भएपछि उनी चिन्तामा छन् । “धान ठटाउनै पर्दैन, पराल हरियै छ बोल्ने भए आगो लगाईदिन्थे” उनले भने, “गतवर्षहरुमा यही क्षेत्रफलमा १४–१५ मुरी धान उत्पादन हुन्थ्यो तर यसपटक त मेहनत, परिश्रम, लगानी सबै माटोमै मिल्यो ।”यस ठाउँमा डुम्रेको सात रोपनी र अन्य तीन जना कृषकको दश रोपनी गरी कूल १७ रोपनी क्षेत्रफलमा लगाइएको धानमा दाना नलागेको वालिङ नगरपालिकाका कृषि प्राविधिक केशबहादुर थापाले बताए ।

कृषकले धानमा दाना नलागेको भन्ने खबर गरेपछि सम्बन्धित खेतमै पुगेर अनुगमन तथा निरीक्षण गरेर फर्किएको उनले बताए । “यो ठाउँमा अन्य कृषकहरुले लगाउनुभएको उही जातको धान राम्रो फलेको छ तर चार जना कृषकहरुको खेतमा लगाईएको धानमा दाना नै छैन” उनले भने, “यो अन्य कारणले भन्दा पनि धान पसाएर फूल खेल्ने बेलामा परेको अविरल वर्षाकाकारण क्षति भएको हो ।”

‘युएस ३१२’ जातको हाईब्रिड धान यस ठाउँका लागि उपयुक्त भएपनि ढिलो रोपेकाले पनि समस्या देखिएको उनको दावी छ । केही दिन अघि रोपिएको खेतमा धान राम्रो भएको तर ढिलो रोपिएको साथै फूल खेल्ने बेलामा ४-५ दिनको अविरल वर्षा मुख्य कारण भएको उनले बताए ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares