

किसानलाई सधैं रासायनिक मल अभाव
विराटनगर । कृषि सामग्री कम्पनीको विराटनगर कार्यालयले मोरङको सुनवर्सी–२, अमरदहको नौलो बिहानी कृषि विकास सहकारी संस्था लिमिटेडलाई ६० बोरा डीएपी, २४ बोरा युरिया र २० बोरा पोटास मल दिँदै छ । 
यो सहकारीमा ३ सय १५ सदस्य छन् । तिनले हजार बिगाहाभन्दा बढी जमीनमा खेती गर्छन् । सहकारीमा आबद्ध नभएका किसान पनि अमरदहमा रहेको संस्थाका एकजना सदस्य अम्बिकाप्रसाद ढकालले बताए । उनका अनुसार युरिया, डीएपी वा पोटास जुनसुकै भए पनि एक बिगाहाका लागि एक बोरा मल चाहिन्छ । सहकारीले पाउने मल सबै सदस्यलाई भाग लगाउँदा एक जनाले साढे १६ किलो पाउँँछ । ढकाल भन्छन्, ‘अब मल आयो भनेर हामी हर्ष मान्नु कि विस्मात् ।आलु, प्याज रोप्ने बेलामा पनि मल चाहिन्छ, तोरी र गहुँका लागि अझ धेरै मल आवश्यक पर्छ । तर, हरेकपटक कृषि सामग्री र साल्ट ट्रेडिङ कर्पोरेशनबाट मल पाउँदा यति नै पाउने गरेकाले जहिले पनि सीमापारि भारतबाट ल्याएर प्रयोग गर्नुपर्ने बाध्यता रहेको ढकालले सुनाए । नेपालमा पाइने एक बोरा युरियाले एक बिगाहा जमीनलाई पुगे पनि भारतीय युरिया कम गुणस्तरको हुने भएकाले दुईदेखि चार बोरासम्म हाल्नुपर्ने किसान बताउँछन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



