इन्टरनेशनल मेनपावर रिक्युमेन्टका राईको अबैध धन्धा !

नेकपा समाजवादी विभाजनको फाइदा किसान श्रेष्ठ, प्रेमबहादुर आलेदेखि मन्त्रीहरुमात्र होइन, एक म्यानपावर ब्यवसायीले पनि भरपूर उठाउँदै आएका छन् । ती ब्यवसायी हुन्, इन्टरनेशनल मेनपावर रिक्युमेन्टका सञ्चालक वाईवी राई । उनले २०७९ मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा समाजवादीका अध्यक्ष माधव नेपाललाई ‘विना ढेउवा’ (फ्री टिकट फ्री भिसा) मा पठाउने भनेर बोल्न लाएर विवादमा ल्याइदिए ।

काठमाडौं । नेकपा समाजवादी विभाजनको फाइदा किसान श्रेष्ठ, प्रेमबहादुर आलेदेखि मन्त्रीहरुमात्र होइन, एक म्यानपावर ब्यवसायीले पनि भरपूर उठाउँदै आएका छन् । ती ब्यवसायी हुन्, इन्टरनेशनल मेनपावर रिक्युमेन्टका सञ्चालक वाईवी राई । उनले २०७९ मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा समाजवादीका अध्यक्ष माधव नेपाललाई ‘विना ढेउवा’ (फ्री टिकट फ्री भिसा) मा पठाउने भनेर बोल्न लाएर विवादमा ल्याइदिए ।

तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणालाई समेत कांग्रेसलाई मत दिए फ्रीमा मलेसिया रोजगारमा पठाइदिने भाषण गर्न लगाएर विवादमा ल्याए । नेकपा समाजवादी निकट म्यानपावर ब्यवसायी राईले आरजुसँग पनि राम्रो सम्बन्ध कायम मात्र गरेनन्, फष्टलेडीलाई खुसी पार्न कामदार छान्न आफैं कैलाली र डडेल्धुरा पुगेका थिए । समाजवादी पार्टीको आडमा राईले साउदीअरब, मलेसिया लगायतका मुलुकबाट कामदार कोटा हत्याउँदै आएका छन् ।

२०७८ असोजदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ र २०७९ साउनदेखि शेरबहादुर कुँवरले नेतृत्व गरेका थिए । तर, डिफ्याक्टो मन्त्री भने वाईबी राई नै हुन् भन्छन्, श्रम मन्त्रालयका कर्मचारीहरु । श्रम मन्त्रालयका एक अधिकारी भन्छन्–‘पहिलाका किसान र हालका शेरबहादुर दुवै वाईबी राईले जे जे भन्यो, त्यही गर्ने कारिन्दामात्र हुन् ।’

समाजवादीले श्रम मन्त्रालय पाउनासाथ वाईबी राई बैदेशिक रोजगारी बोर्डको सदस्यमा नियुक्त भएका थिए । श्रम मन्त्रालय नेकपा समाजवादीले पाएपछि वाईबी राईले मलेसियामा मात्र १ बर्षमा ८ हजार कामदार दूताबासमा प्रभाव पारी फ्री भिसा फ्री टिकटमा पठाउनेगरी मौका पाएका छन् । मलेसियामा कम्पनी चलाउने एन्ड्र‘ हललाई राईले नेपालमा आएको समयमा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तत्कालिन श्रममन्त्री कुँवरलाई भेटाएर ८ हजार कामदार पठाउने कोटा लिएको आरोप छ ।

मलेसियामा लगानी गर्ने बहुराष्ट्रिय कम्पनीले रेस्पोन्सेबल बिजनेश एलाइन्सको नम्र्स अनुसार फ्री भिसामा मानिस लाने गर्दछन् । त्यस्ता कामदार लगेबापत बहुराष्ट्रिय कम्पनीले नेपालका म्यानपावर कम्पनीलाई पैसा समेत दिने गर्दछन् । त्यस्तो कोटा समाजवादी पार्टीको आडमा राईले मात्र लिएर १ बर्षको बीचमा करोडौं कमाएका छन् ।

नेकपा समाजवादी निकट म्यानपावर ब्यवसायीहरुबीच पार्टीको आडमा राईले एक्लौटी कामदार आपूर्तिको कोटा पाएकोमा असन्तुष्टि छाएको छ । समाजवादीनिकट ब्यवसायीहरु पार्टीको नाममा राईले मात्र एक्लौटी कोटा लिएकोमा रुष्ट भएका छन् । राईले साउदी अरब, मलेसियाका राजदूतहरुलाई माधव नेपाल र श्रममन्त्री कुँवरबाट फोन गराएर म्यानपावरको कोटा आफैंले मात्र लिने गरेको आरोप छ ।

राईले केही महिनाअघि होटल म्यारियटमा भएको एक कार्यक्रममा साउदीअरबको प्रतिनिधिमण्डललाई श्रममन्त्री मैले बनाएको हो भन्दै अहिले नै यहाँ बोलाइदिनसक्ने तुजुक देखाएका थिए । म्यानपावर ब्यवसायी राईले बैदेशिक रोजगार विभागका महानिर्देशकदेखि काठमाडौं कार्यालय ताहाचलको प्रमुखसम्मलाई थर्काउने गरेका छन् ।

विभागका महानिर्देशकलाई भनेअनुसार काम नगरे सरुवा गरिदिने धम्की दिने राईकै कारण ताहाचलमा १ बर्षमा ४ जना कार्यालय प्रमुख परिवर्तन भइसकेका छन् । बैरो विभागका वर्तमान महानिर्देशक उमाकान्त आचार्य पनि आफूले नै लगेको ब्यवसायीहरुबीच राई सगर्व बताउने गर्दछन् । राई निरन्तर सत्ताको आडमा रहेर त्यसकै आडमा धन्दा चलाउने व्यवसायी हुन् ।

नेकपा (एस) निकट बैदेशिक रोजगार ब्यवसायी भए पनि उनको कांग्रेसका नेताहरुसँग पनि उनको उत्तिकै घनिभूत सम्बन्ध छ भन्ने आरजु राणासँगको उनको कनेक्सनले पुष्टि गरेको छ । त्यही सम्बन्धको आडमा उनले प्रहरीमा सरुवा बढुवादेखि वैदेशिक रोजगार विभागको महानिर्देशकदेखि कर्मचारीसम्म पनि छानीछानी लैजाने गरेका छन् ।

पछिल्लो पटक गृहमन्त्री बालकृष्ण खाण भएपछि उनले प्रहरीको सरुवा बढुवामा पनि चलखेल गर्ने गरेको खबर छ । यसमा उनले कांग्रेस निकट बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष बिमल ढकाललाई पनि साथमा लिने गरेका छन् । नेता तथा विभागका कर्मचारीहरुलाई फ्री भिसा फ्री टिकट मिलाई दिएर सर्वसाधारणदेखि भने मोटो रकम राईले उठाउँदै आएको आरोप छ ।

फ्री भिसा फ्रि टिकट’ मा आएका डिमान्डमा समेत राईले एकजनासँग ७० हजारदेखि २ लाखसम्म असुल्ने गरेका छन् । उनले ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी भए पनि कुनै सुनुवाई नगरिएको पीडितहरुको भनाइ छ । उजुरी नै नपरे पनि कतिपय म्यानपावर ब्यवसायीलाई दुःख दिने विभागले राईलाई भने उन्मुक्ति दिने गरेको छ ।

त्यतिमात्रै होइन, उनले आफ्नो आफन्तको नाममा पारामाउन्ट ओभरसिज नामक अर्को म्यानपावर कम्पनी चलाएका छन् । त्यहाँबाट चाहिँ कामदारबाट महङ्गो पैसा लिएर विदेश पठाइदिने गरेका छन् । एकातिर सत्ताको आडमा विदेशबाट फ्री भिसा र टिकटको म्यानपावरको कोटा ल्याउने गर्दछन् भने अर्कोतिर आफन्तको नाममा खोलिएको म्यानपावरबाट कुस्त रकम असुली गर्ने गरेका छन् ।

करछलीमा राईलाई उन्मुक्ति : तामाङलाई सास्ती

२०७५ मा पुसमा राजस्व अनुसन्धान विभागले २१ करोड रुपैयाँ करछलीमा म्यानपावर ब्यवसायी राईबिरुद्ध मुद्दा चलाउन खोज्दा पनि सत्ताकै आडमा उनले उन्मुक्ति पाएका थिए । तर अर्का म्यानपावर व्यवसायी बलबहादुर तामाङविरुद्ध साढे १९ करोड रुपैयाँ बराबर कर छली गरेको मुद्दा दायर गरिएको थियो ।

तामाङ पनि एमालेनिकट ब्यवसायी थिए । र, माधव नेपालकै निकट मानिन्थे । तर उनीबिरुद्ध मुद्दा दायर गरियो भने राईले उन्मुक्ति पाए । राईले माधव नेपालको नाममा उन्मुक्ति पाएपछि तामाङ एमालेसँग रुष्ट हुँदै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । वैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त रकममा कर छली गरेको कसुरमा जिल्ला अदालत काठमाडौंमा विभागले तामाङबिरुद्ध मुद्दा दायर गरेको थियो । तर तामाङले भन्दा राईले विदेशी कम्पनीबाट बढी रकम प्राप्त गरेको देखिंदा पनि उनलाई उन्मुक्ति दिइएको थियो । (साधुँबाट)

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
८ घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares