आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । ७२ जना सवार यती एयरलाइन्सको एटीआर विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर शोक बिदा दिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ ।सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले घटनाप्रति दुःख व्यक्त गरेको बताएका छन् । आइतबार बिहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका- १५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१० घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares