

हुम्लामा हिमपात, कार्यालय बन्द
हुम्ला । हुम्लामा मंगलबार बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने हुम्लामा यो वर्ष ढिलो गरी हिउँ परेको हो । हुम्ला सदरमुकाम सहित जिल्लाभर हिमपात भइरहेको छ ।जिल्लाको माथिल्लो क्षेत्र नाम्खा र सिमकोट गाउँपालिकाका अधिकास ठाउँहरुमा दुइ फिट भन्दा धेरै हिउँ जमेको छ भने तल्लो क्षेत्रका अधिकास स्थानमा करिब आधा फिट हिउँ जमेको छ । हिउँपरेपछि विशेष गरी किसानहरु खुुसी भएका छन् । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।हिमपात भएसँगै हुम्लामा जाडो बढेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय हुम्लाका अनुसार यहाँको तापक्रम माइनस २ डिग्री रहेको छ । बिहानैदेखि आएको निरन्तरको हिमपातले पशुचाैपायाहरु गाेठभत्रै घाँस हालेर राखिएका छन् भने सोलारबाट सञ्चालित सम्पूर्ण सेवाहरू अवरुद्ध भएका छन् । हुम्लामा रहेका सामुदायिक रेडियोहरू बन्द रहेका छन् भने सरकारी तथा गैरसरकारी कार्यालयहरू पनि अत्यधिक चिसोका कारण प्राय बन्द देखिएका छन् ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१० घण्टा अगाडि
1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



