‘भूकम्पको इपिसेन्टर’ बाजुरामा ठाउँठाउँमा घर भत्किए

बाजुरा । बाजुराको मेला केन्द्रबिन्दु भएर गएको भूकम्पले जिल्लाका विभिन्न स्थानमा घर भत्किएको समाचार छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार विभिन्न स्थानमा घर भत्किएको हो । यद्यपि हालसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । प्रहरीका अनुसार बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको छ । यसैगरी वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा हिमपात भएको र यही बीचमा भूकम्प जाँदा जनजीवन कष्टकर भएको जनाइएको छ । भूकम्पपछि टेलिफोनको नेटवर्कमा समस्या देखिएपछि विवरण संकलनमा समस्या भएको प्रहरीको भनाइ छ ।

यस्तै बझाङको चैनपुरलगायतका स्थानमा पनि भूकम्पले घरहरु चर्किएको खबर प्राप्त भएको बताइएको छ ।

मंगलबार दिउँसो बाजुराको मेला केन्द्रबिन्दु भएर दिउँसो १ बजेर ४३ मिनेटमा ५.९  म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पका धक्का कर्णाली र सुदूरपश्चिमसहित भारतसम्म महसुस भएको जनाइएको छ ।

यसैबीच कर्णालीका कुनैपनि जिल्लामा भूकम्पबाट क्षति भएको विवरण नआएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले जानकारी दिए ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
९ घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares