

बत्तिस लक्षण र देवी देवताका कुरा
हिन्दू धर्म अनुसार बत्तिस लक्षण र चौसठ्ठी विधाका ज्ञाता भगवान विष्णुलाई मानिएको छ । विष्णु अवतार भनेर राम र कृष्णलाई सातौँ र आठौँ अवतार मानिएका छन् भने रामलाई बत्तिस लक्षणयुक्त मानव अवतारको रुपमा लिइन्छन् । त्यस्तै कृष्णलाई चौसठ्ठी विधाका पारंगत पुरुष मानिएको पाईन्छ । तैपनि दुवै अवतारको संयुक्त रुप परमब्रम्ह पुरुषोत्तम नारायणको रुपमा पूजिन्छन् । त्यसकारण धार्मिक कविहरुले भजनको रुपमा ….. जय जय जय नारायण परमब्रम्ह पुरुषोत्तम विश्वरुप आत्मा पालनकर्ता …. भनि गीत गाउने गर्दछन् ।
सीताराम गौरिशंकर लक्ष्मी नारायण, राधाकृष्ण आदि १०८ अंक र बत्तिस लक्षणयुक्त जोडीहरु हुन् । वास्तवमा पुराण पुरुषोत्तमाय नमः भनि अठारपुराणका प्रमुख देवी देवताहरुलाई नमस्कार बन्दना गरिएको पाईन्छन् र पुरुषोत्तम हुनलाई बत्तिसै लक्षणहरुले संयुक्त हुनुपर्दछ भनि बताईएका छन् । लक्ष्मी सरस्वती र गायत्री त्रिदेवीहरु बत्तिस लक्षणका देवी गणनामा पर्दछन् ।
लक्षण भनेको प्रारुप हो । प्रारम्भिक रुपलाई नै लक्षण भनिएका छन् । मानिस, जनावर, पशुपंक्षी, रुखबिरुवा, फलफूल किटपतङ्ग आदिका आ–आफ्नै लक्षणहरु हुन्छन् । रोग लाग्नु अघि देखापरेका लक्षणहरु र रोग निको हुँदै जाँदाका लक्षणहरु हेरिबुझी डाक्टरहरुले, वैद्यहरुले औषधी उपचार गरेजस्तै मानवतामा हुनुपर्ने बाह्य र गुह्य लक्षणहरुको पनि वर्णन र व्याख्यान गरिएको पाईन्छन् । ऋषिपत्नीमा अरुन्धती, बत्तिस लक्षणयुक्त महिला मानिन्छन् ।
महिला होस् वा पुरुष मानव जीवनको बाह्य अंगहरुको लक्षणहरुको पूर्णताले नै मानिसमा भाग्यले साथ दिने नदिने कुराको बयान गरिएका छन् । त्यस्तै मानिसका स्वभावका आधारमा लक्षण अध्ययन गरिएका पनि छन् । यस प्रशंगमा मानिसका बाह्य अंगहरुका आकार प्रकारबाट बत्तिस लक्षणहरु पौराणिक ग्रन्थ अनुसार फरक फरक भएतापनि समग्रमा बत्तिस लक्षणहरु निम्नानुसार लेखिएका छन् ।
१. हँसिलो अनुहार,
२. सबैलाई मोहित पार्ने रुप (शारीरिक बनोट),
३. कपाल मयुरको प्वाँख जस्तो रंग,
४. गोलो टाउको,
५. निधार ठूलो,
६. कमलको पात जस्तो आँखा (कमल नयन अथवा गाईको जस्तो गाजले आँखा),
७. घाममा देख्दा नाकको प्वालबाट नीलो रंगको श्वास निस्कने,
८. बत्तिस वटा दाँतहरु शेख जस्तै सेता टम्म मिलेका हुनुपर्दछन् ।,
९. जिब्रो पातलो, पल्टाउन मिल्ने, नाक सम्म छुने लामो,
१०. ओठको रंग अनारको फूल जस्तो,
११. ंंंंंंंंंस्वर मिठो सु–स्वर हुनु,
१२. दुवै कुम उचालिएको जस्तो हुनु,
१३. दुवै हात लामा घुँडा छुने हुनु,
१४. नमस्कार गर्दा दशै औँलाका कापहरु अपारदर्शी हुनुपर्ने,
१५. छालाको रंग शुद्ध सुनको (जाम्बुनद सुवर्ण) रंग जस्तो नरम हुनु,
१६. सिंहको जस्तो फुलेको छाती (फरासिलो) हुनु,
१७. चिम्सँ (स–साना रौँ) दायाँ घुमे्रको हुनु,
१८. मृगको जस्तो कम्मर हुनु,
१९. दुवै गोडा मिलाएर उभिन्दा घुँडा टम्म मिल्नु (पारदर्शी नहुनु),
२०. हात गोडाका औँलाहरु लामा लामा हुनु, हत्केला हेर्दा दम्म मिल्नु सम्म परेका हुनु (पारदर्शी नहुनु),
२१. बाघको जस्तो फूर्तिलो शरीर हुनु (उभिनु, बस्नु, हिँडाई आदि)
२२. पाईताला टेक्दा टम्म मिल्नु र पानीमा भिजाएर ओभानोमा टेक्दा छायाँ खोपिल्टो नपर्नु,
२३. पाईतालामा चक्र चिन्ह हुनु,
२४. नङको रंग रातो रक्त वर्ण हुनु (फुस्रो नहुनु),
२५. उठबस गर्दा सधैँ दाहिने टेक्ने हुनु,
२६. पहिलो पाईला दायाँ मात्र सर्नु,
२७. नाईटो भित्रिनु,
२८. काखी पाईतालाका पसिना नगन्हाउनु (सुगन्ध शरीर हुनु),
२९. कानको सुनाई तिखो हुनु अथवा तिरिक्क आवाज सुन्ने, अंगे्रजीमा एष्ल मचयउ जभबचष्लन (लामो कान हुनु),
३०. घाँटीमा छालाका दुई चक्का हुनु,
३१. आँखी भुइँ धनुषाकार हुनु,
३२. हिँडाई राजहाँस, हरिणको जस्तो चाल हुनु ।
अब तपाइँ हामी कति लक्षणमा परेका छन् ? आफ्नो लक्षण आफै पत्ता लगाऔँ ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१२ घण्टा अगाडि
1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



