विकासले फेरिएको गदी, अब सबै सुविधा गाउँमै

सुर्खेत । सामान्य उपचारका लागि हजारौँ रकम खर्च गरेर सुर्खेत नेपालगन्ज जाने रुकुम पश्चिमको आठबिसकोट–३ खदी गाउँका बासिन्दा अहिले गाउँको स्वास्थ्य चौकी स्थापनासँगै उपचारमा सहजता भएको छ ।गाउँमै उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा चढेर काठमाडौँ, दाङ, नेपालगन्ज लगायत सहरमा जानका लागि सडकको पहुँच भएपछि उनका स्थानीयबासीहरु खुसी भएका हुन् ।  स्थानीय सरकार गठन अघि हिँडेर सबै ठाउँमा जानुपर्ने बाध्यता रहेको सुनाउने  खदीगाउँबासीहरु अहिले बस्तीमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुलीको पहुँच विस्तार भएपछि खुसी भएका छन्  । गाउँलाई अहिले राप्ति राजमार्ग जोडिएको छ । गाउँबाट पाटागाउँ, रक्दा र दाजे जोड्ने सडक निर्माण  भइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएसंगै खदीका सबै बस्तीहरूमा सडक पुगेको वडाध्यक्ष केशरमान विकले बताए । पाँच वर्षमा खदी आउने मुख्य सडक सहित अन्य चार सडक निर्माण भएको अध्यक्ष विकले जानकारी दिए ।

वडाध्यक्ष विकले भने, ‘पहाड कमजोर भूगोल भएकाले बाह्रै महिना सडक सञ्चालन गर्न चुनौती छ ।’ सडक स्तरोन्नति गर्न सके गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सकिन्छ । त्यस्तै एक घर एक धारा, शौचालय, प्रत्येक टोलमा मोटरे बाटो, बिजुली, ढल निकास र विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा राम्रो विकास भएको उनले बताए । प्रत्येक घरमा खानेपानीको पुर्‍याउने लक्ष्यका साथ वडाले काम गर्दै आएको र  विद्यालयमा पक्की भवन निर्माण, फर्निचरको व्यवस्थापन, खेल मैदान निर्माण, घेराबार तथा शौचालय निर्माण भएको जानकारी दिए ।जनप्रतिनिधि आएपछी खदीको दैनिकी बदलिएको स्थानीय बताउँछन् ।

नुन लिनलाई दुई दिनको बाटो हिँडेर सदरमुकाम जानुपर्थ्यो । बीचबाटोमै बास बस्नुपर्ने बाध्यता थियो । स्थानीय धनिराम बुढाले भने, ‘अहिले नुनदेखि सुनसम्म घरमै आइपुग्छ । पानी पँधेरो जाँदा लाइन लाग्नुपर्ने बाध्यता हटेको छ। यो भूगोलमा सुन्तला, स्याउ, आलु, कोदो लगायतका अन्नबालीका लागि उत्तम भएकाले आधुनिक कृषि प्रणालीको अवधारणा अघि सारिएको बताएको छ । टुकी र दियोको भरमा चलेको गाउँमा बिजुली पुगेपछि गाउँ नै झिलिमिली बनेको छ । टुकी र दियोका भरमा जीवन निर्वाह गर्दै आएका खदीमा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । खदीमा केन्द्रीय प्रसारण लाइन पुगेपछि बत्ती बलेको हो ।विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यस क्षेत्रमा पहिलो वर्ष बत्ती बाल्ने योजना रहे पनि भौगोलिक विकताका कारण ढिलाइ भयो । खदीका सबै घरमा बिजुली विस्तार गरिएको वडा अध्यक्ष  विकले बताए । पाँच सय घरधुरी रहेको सो गाउँ पालिकाकै उत्कृष्ट विद्यालयदेखि व्यवस्थित गाउँभित्र पर्छ ।

पालिकाको केन्द्रदेखि खदीसम्म विस्तारित बिजुलीले गाउँको मुहार फेरिँदै गएको छ । सौर्य ऊर्जा र टुकी, दियोको भरमा जीवन निर्वाह गर्दै आएका स्थानीयलाई बिजुली पुगेपछि राहत महसुस गरेका छन् ।

न्युज कारखाना

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१२ घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares