

अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न पत्र
काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले अविलम्ब प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्न माग गर्दैै संवैधानिक परिषद्लाई पत्र पठाएको छ । सर्वोच्च बारको बुधबार बसेको बैठकको निर्णयअनुसार आज उक्त माग गर्दै लेखिएको पत्र संवैधानिक परिषद्को कार्यालयमा बुझाइएको हो ।सर्वोच्च बारका अध्यक्ष हरिशङ्कर निरौलाले लामो समयदेखि कामुको भरमा सर्वोच्च अदालत चलिरहेको हुनाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेर पत्र संवैधानिक परिषद्मा बुझाएको जानकारी दिए। संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने संवैधानिक व्यवस्था छ ।
पत्रमा भनिएको छ, “स्वतन्त्र, सक्षम, प्रभावकारी न्यायपालिकाका लागि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा अझै पनि रहनु उचित नहुँदा अविलम्ब प्रधानन्यायाधीशको नियुक्तिका लागि नेपालको संविधानको धारा १२९ बमोजिम सिफारिस गर्न अनुरोध गर्दछौँ ।” नेपालको संविधानको धारा १३६ मा सर्वोच्च अदालत र मातहतका अदालत, विशिष्टीकृत अदालत वा अन्य न्यायिक निकायको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशको हुनेछ भनी व्यवस्था गरेको छ । विसं २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा रहिआएको छ ।रासस
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१३ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



