गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध

काठमाडौँ । सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सुचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा बिषाधी ब्यवस्थापन केन्द्र, हरिहर भवनकी प्रमुख साबित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाइएको जानकारी दिएकी छिन् । जसअनुसारा काँकडभिट्टा, भण्टाबारी, बिराटनगर, मलगंवा, जलेश्वर, बिरगञ्ज, तातोपानी, एअरर्पोट, रसुवा, भैरहवा, कृष्णनगर, गडडाचौकी, लोमान्थाङ, बैतडी नाकावाट गुलाबको फूल आयात गर्न नपाइने भएको छ । यस केन्द्र तथा अन्तरगतका कार्यालयहरुबाट विशेष कारणले अर्को ब्यबस्था नभएसम्मका लागि गुलाबको फूल आयात नगर्नका लागि आयात अनुमति पत्र जारी गर्ननहुन सबन्धित सबैमा जानकारीका लागि अनुरोध छ’ बरालले जारी गरेको परिपत्रमा भनिएको छ ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१३ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares