

सुर्तीजन्य पदार्थको विज्ञापन सामग्री प्रचार प्रसार नगर्नु:प्रेस काउन्सिल नेपाल
काठमाडौँ । प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ । बिहिबार एक विज्ञप्तिमार्फत काउन्सिलले जनस्वास्थ्य प्रतिकूल हुनेखालका सामग्रीको प्रचार रोक्न सञ्चार माध्यमलाई सचेत गराएको हो ।काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार भइरहेको भन्दै काउन्सिलको ध्यानाकर्षण भएको जनाइएको छ ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा (१) मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तिजन्य पदार्थलगायतक मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘यसविपरीत विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार भइरहेको सन्दर्भमा प्रेस काउन्सिल यसकिसिमका विज्ञापन सामग्री सम्प्रेषण नगर्नरनगराउन सम्पूर्ण सञ्चार माध्यमलाई यसै विज्ञप्तिमार्फत् आह्वान गर्दछ ।’
काउन्सिलले पछिल्लो समय प्रकाशित सामग्रीलाई लिएर प्रेस स्वतन्त्रताको हनन हुने किसिमबाट गालीगलौज गर्ने, धम्की दिने कार्य हुने गरेकोप्रति काउन्सिलको ध्यानाकर्षण भएको समेत जनाएको छ ।
त्यस्तै कतिपय स्वास्थ्य तथा आर्थिक क्षेत्रतर्फ केन्द्रित सञ्चार माध्यमबाट पर्याप्त आधार–कारण र प्रमाणबिनै सम्बन्धित निकाय वा पक्षको भनाइलाई स्थान नदिइ एकपक्षीय सामग्री सम्प्रेषण गर्ने गरेको भनी गुनासाहरू आउन थालेकाले त्यस्तो प्रवृत्ति रोक्न समेत भनिएको छ । ‘यसतर्फ पनि पत्रकारिताको पेसागत आचारण कायम राख्न र गैरपेसागत क्रियाकलाप नगर्नरनगराउनतर्फ सम्बन्धित पक्षलाई सचेत गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१३ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



