

हेर्नुहोस् आज शुक्रबारको राशिफल ,मनकामना माता ले रक्षा गरुन
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ–भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ। अवरुद्ध कार्यलाई पूरा गर्न पाउँदा अपार आनन्दको अनुभूति हुनेछ, तर स्वास्थ्यमा सामान्य प्रभाव पर्ने दिन हो, आवश्यक भए चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ । गरेको मिहिनेतले सार्थक परिणाम प्राप्त हुनेछ, साथै प्रभाव र प्रभुत्व बढ्ने समय छ । तर हडबड र शीघ्रता शत्रु बन्नसक्छन्। आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ रङ्गीबिरङ्गीरछिरबिरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नागदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ।
बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो–पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला, मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ।
बृष
आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
मिथुन
पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
कर्कट
आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।
सिंह
हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।
कन्या
निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।
तुला
अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।
बृश्चिक
प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।
धनु
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।
मकर
व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।
कुम्भ
चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ।
मीन
बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१३ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



