

महाशिवरात्री प्रमुख व्यक्ति भएर शंकराचार्य निश्चलानन्द सरस्वती नेपाल आउँदै
उडीसाको पुरीस्थित गोवर्धनमठका शंकराचार्य निश्चलानन्द सरस्वती महाशिवरात्री पर्वका लागि नेपाल आउने तय भएको छ। पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा शिष्य र सहयोगीसहित १० सदस्यीय टोलीका साथ शंकराचार्य ४ फागुनमा आउने तय भएको छ । भारतवर्षमा हिन्दु धर्मका सर्वोच्च व्याख्याता एवं संरक्षक मानिने चार शंकराचार्यमध्ये उनी सबैभन्दा वरिष्ठ हुन् ।
पशुपति क्षेत्रविकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले नयाँ पत्रिकासँग भने, ‘जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वतीज्यूको भ्रमण ४ देखि ८ फागुनसम्म हुनेछ । महाशिवरात्रीमा उहाँको प्रमुख उपस्थिति हुने गरि कोषले सबै बन्दोबस्त मिलाएको छ ।’ उनका अनुसार नेपाल पनि पुरी शंकराचार्य निश्चलानन्द सरस्वतीको सांस्कृतिक कार्यक्षेत्रमा पर्दछ । भारतवर्षको पूर्वी क्षेत्र हेर्ने उनको सांस्कृतिक जिम्मेवारी छ ।
कार्यकारी निर्देशक खतिवडाका अनुसार सोमबारदेखि पशुपति क्षेत्रमा सुरु हुने लिंगपुराणमा शंकराचार्य सहभागी हुनेछन् । पशुपतिनाथ मन्दिर अगाडिको शंकराचार्य मठमा लिंगपुराण आयोजना हुँदैछ। शंकराचार्यको मठमा भत्किएको आदि शंकराचार्यको मूर्तिमा प्राणप्रतिष्ठा गराउने कार्यक्रममा पनि उनी सहभागी हुनेछन्। ‘आदि शंकराचार्यको मूर्ति स्थापना भइसकेको छ । जगद्गुरुको उपस्थितिमा मूर्तिको प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ’ खतिवडाले भने ।
काठमाडौं बसाईका क्रममा शंकराचार्यले विभिन्न विश्वविद्यालयका वैदिक गणितसँग सम्बन्धित प्राध्यापक एवं विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । ‘बैदिक गणितका उहाँ प्रकाण्ड विद्धान् हुनुहुन्छ । उहाँले बैदिक गणितका विभिन्न आयामका बारेमा व्याख्यान दिनुहुने कार्यक्रमछ’ खतिवडाले भने ।
शंकराचार्यका लागि कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालाको अति विशिष्ठ कक्षमा बस्ने बन्दोबस्त मिलाएको छ । उनीसँगै आउने प्रतिनिधिमण्डललाई धर्मशालाको विशिष्ठ कक्षमा बस्ने व्यवस्था गरिएको खतिवडाले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सरकारका उच्च अधिकारी, न्यायाधिश, सुरक्षा निकायका प्रमुख एवं उच्च अधिकारीले शंकराचार्यको दर्शन गर्ने गरि कोषले गृहकार्य गरिरहेको छ ।
शंकराचार्य निश्चलानन्द सरस्वती आठौं शताब्दिबाट सुरु भएको मानिने जगतगुरु शंकराचार्यका १४५ औं उत्तराधिकारी हुन् । भारतको उत्तराखण्डमा अवस्थित ज्योतिर्मठका शंकराचार्य अभिमुक्तेश्वरानन्द सरस्वतीले उत्तरी क्षेत्र, गुजरात द्वारकामा अवस्थित शारदा पिठका शंकराचार्य सदानन्द सरस्वतीले पश्चिम क्षेत्र र कर्नाटकस्थित श्रृंगेरी मठका शंकराचार्य भारती तीर्थले दक्षिण क्षेत्र हेर्दै आएका छन् । नेपाल आउन लागेका पुरीस्थित गोवर्धनमठका शंकराचार्य निश्चलानन्द सरस्वतीले भने पूर्वी क्षेत्र हेर्दै आएका छन् ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१३ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



