आजको मौसम: सामन्यतया सफा रहने

काठमाडौं/मुलकका सबैजसो भु–भागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने देशका  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहनेछ।

उता, राती पनि देशका  पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतवारसम्म पहाडी भुभागमा हिमपात भए पनि सोमवार भने त्यस्तो हुने छैन ।

हिजो प्रदेश नं. १ र गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात परेको तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भु–भागका केही स्थानमा अपरान्हतिर हावाहुरी चलेकाे थियो ।

तर तराई मधेसका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले  दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
११ घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares