

भोलिदेखि काठमाडौं उपत्यकाभित्र गाडी नचलाउने यातायात व्यवसायीको घोषणा
यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्।
सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन्।
नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए। उनीहरूले बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरूद्ध गरेका छन्।
राईका अनुसार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन गरेको हो। तर त्यसक्रममा आफूहरूमाथि हातपात समेत भएको राईले बताए।
‘हाम्रा १० बुँदे मागहरू थिए। त्यसलाई सार्वजनिक गर्ने कार्यक्रम थियो। तर कम्पनीका महाप्रबन्धक सुनिल कुँवर, सदस्य पंकज मल्ल,हिमाल कुँवर लगायत अपरिचित करिब ३० जनाको समूहले हातपात गरेपछि हामीले आन्दोलन गर्यौं,’ उनले भने।
सोही कुराबारे आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफल भएको थियो। त्यस छलफलपछि कसरी अगाडि बढ्ने भन्नेबारे घोषणा गर्ने कार्यक्रमको आयोजना भएको थियो।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१२ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



