पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : दिउँसो चरा र राति स्यालको रजाइँ

पोखरा ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी खण्डमा विजयपुर खोला पर्छ। दक्षिणतिर सेती नदी पर्छ। विजयपुर खोला त धावनमार्गको झनै नजिक छ। यतिसम्म कि अवतरणका क्रममा रहेको जहाजले खोला पार गर्नासाथ धावनमार्ग टेक्न पुगिहाल्छ। विमानस्थलको नजिक भएर बग्ने यी दुवै खोला प्रायः दुुर्गन्धित हुन्छन्। सेतीको तुलनामा विजयपुर खोला बढी फोहोर हुन्छ। मरेका गाइवस्तु, कुकुर, बिरालो, कुखुरा काटेपछि निस्केको फोहोर, बंगुरको फोहोर खोलामै फालिन्छ। जसले गर्दा खोला क्षेत्र दुर्गन्धित हुने र त्यसले गर्दा त्यस क्षेत्रमा चरा आकर्षित हुने गरेका छन्। सिनोका कारण आकर्षित हुने चरा विमानस्थलका लागि ‘चुनौती’ बन्दै गएको विमानस्थलले बताएको छ।

खोलामा पानी कम भएको अवस्थामा त सिनोका कारण चरा बढी आकर्षित हुने हुँदा समस्या बढ्ने गरेको छ। विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार खोलामा जथाभावी फालिने सिनोका कारण चरा आकर्षित भएकाले त्यसको चुनौती विमानस्थलबाट हुने हवाई उडान र अवतरणमा पर्ने गरेको छ। केही दिनअघि त अवतरणका क्रममा रहेको जहाजसँग चरा नै ठोक्किएको थियो। ‘विमानस्थलको नजिक रहेको ल्यान्डफिल्ड साइट त हट्यो तर खोलामा जथाभावी बगेर आउने सिनोले हवाई उडानमा चुनौती बढाएको छ,’ गौतमले भने, ‘मरेका पशुपंक्षी खोलामा भेटिन्छन्। खोला क्षेत्रमा त्यही सिनोलाई आहारा बनाउने चराको बिगबिगी छ। जसले गर्दा हवाई उडानमा समस्या थपेको छ।’

विमानस्थलको धावनमार्गको मुखैमा चराको बथान नै उड्ने गरेको उनले सुनाए। ‘जथाभावी खोलामा फोहोर फ्याँक्दा समस्या बढेको छ। फोहोरकै कारण चराको जोखिम रहेको भन्दै महानगरले ल्यान्डफिल्ड साइट हटायो तर जथाभावी फोहोर खोलामा बगेर आउँदा त्रास बढेको छ,’ उनले भने, ‘विजयपुर खोलामा बढी चरा हुन्छन्। जहाज अवतरण गर्नै लाग्दा चराको बथान उड्छन्।’ यसअघि पोखरा महानगरले फोहोर व्यवस्थापन गर्दैे आएको पोखरा– १४ बाच्छेबुडुवाको ल्यान्डफिल्ड साइट विमानस्थल सञ्चालनमा आएसँगै हटाइएको थियो।’ अहिले महानगरले सहरको फोहोर पोखरा– ३२ लामेआहालमा फ्याँकिरहेको छ। फोहोरका कारण हुने जोखिमबाहेक विमानस्थल क्षेत्रको झाडीका कारण स्यालको जोखिम पनि उत्तिकै रहेको पोखरा– १४ का अध्यक्ष बोधराज कार्की बताउँछन्। ‘एकातिर सेती र अर्कोतिर विजयपुर खोला छन्। दुवै खोला आसपासमा बगेर आउने सिनोका कारण चरा आकर्षित हुने गरेका छन्। त्यति मात्र नभई विमानस्थल नजिकैको झाडीमा स्याल लुकेर बस्ने गरेका छन्,’ उनले भने, ‘विमानस्थल क्षेत्रमा दिउँसो चरा र राति स्यालको रजाइँ हुने गरेको छ। हाम्रो बस्ती नजिकै रातभर स्याल कराएको आवाज सुनिन्छ।’ विमानस्थल परिसरमा कम्तीमा पनि एक सयवटा स्याल रहेको उनको अनुमान छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१३ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares