

४० वर्ष पुगेपछि एक्लै बस्न चाहन्छन् पुरुष
एकातिर संसारमा एक्लोपन बढ्दै गएको छ, जसका कारण मानिसहरू तनावमा छन् । अर्कोतर्फ मानिसहरू एक्लै बस्न रुचाउन थालेका छन् । एक्लो हुनु भनेको एक्लोपनको सिकार हुनु होइन । प्यू रिसर्च सेन्टरको तथ्याङ्क अनुसार हाल अमेरिकामा ४० प्रतिशत वयस्कहरू एक्लै बसिरहेका छन् । तीमध्ये आधा डेटिङ वा कुनै पनि खालको क्याजुअल सम्बन्धमा रहन चाहँदैनन् । एक्लै बस्नेहरूको मित्रता र खुसीको स्तर दुवै बढ्छ
सन् १९९० मा, अमेरिकामा एक्लो वयस्कहरूको सङ्ख्या २९ प्रतिशत थियो । सम्बन्ध विच्छेदका कारण एक्लै बस्ने ३९ प्रतिशत वयस्कहरूलाई यस अध्ययनमा समावेश गरिएको थिएन । टोरन्टो विश्वविद्यालयका मनोविज्ञानका प्रोफेसर ज्योफ म्याकडोनाल्ड आफ्नो अनुसन्धानमा भन्छन् – ४० वर्षको उमेरपछि पुरुषमा एक्लै बस्ने इच्छा बढ्छ । यसो गर्दा उनीहरू झनै खुसी हुन्छन् । यो उमेरमा आई पुग्दासम्म धेरैजसो विवाहित पुरुषले आफ्नो साथी गुमाउँदै गइरहेका हुन्छन् । एक्लै बस्नेहरूको दोस्ती र खुसीको स्तर दुवै बढ्दै जान्छ ।
सेन्ट बारबरामा बस्ने ६९ वर्षीया सामाजिक मनोवैज्ञानिक बेला डिपाउलो भन्छिन्, ‘ मानिसहरू जति धेरै महत्त्वाकाङ्क्षी हुन्छन्, त्यति नै एक्लो रहन चाहन्छन् । विशेष गरी महिलाहरू । म जीवनभर एक्लै बसेँ । केही दिन अगाडि कसैसँग बस्ने हो कि भन्ने पनि सोचेँ तर एक्लै बस्नुको सार्थकता महसुस भयो । यो मेरो स्वतन्त्रता र पहिचान हो ।’
यस्तै प्राध्यापक ज्योफ म्याकडोनाल्डले पनि यसबारे कुरा गर्दै भनेका छन्, ‘हामी एक्लै बस्ने मानिसहरूको कथाहरू सङ्कलन गर्दै छौँ । यसमार्फत हामी एक्लै बस्ने चाहना किन बढिरहेको छ भनेर बुझ्न खोजिरहेका छौँ । ’
उनी थप्छिन्, ‘थुप्रै दशकदेखि विवाह कम भइरहेको छ । वास्तवमा, अब विवाह परिवार बनाउनका लागि अनिवार्य छैन न नै आर्थिक स्थायित्वका लागि ।’
म्याकडोनाल्ड भन्छन्, ‘अहिलेसम्मको अनुसन्धानले देखाएको छ कि रोमान्टिक सम्बन्धमा बस्ने मानिसहरू एक्लै बस्नेहरू भन्दा राम्रो जीवन बिताउँछन् । उनीहरू आफ्नो जीवनबाट धेरै खुसी र सन्तुष्ट छन् । साथै, धेरै अनुसन्धानहरूले यो पनि देखाउँछन् कि जो मानिसहरूको वैवाहिक जीवन राम्रो छैन, उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य कहिल्यै सम्बन्धमा नभएका हरुको भन्दा धेरै खराब हुन्छ ।’
एक्लै बस्नुको सबैभन्दा ठुलो कारण : रोक–टोक बिना स्वतन्त्रताको चाहना
जेरुसेलमको हिब्रु विश्वविद्यालयका फ्याकल्टी एलेकिम किसलेव भन्छन्, ‘सन् २०२२ मा प्रकाशित भएको एक शोध रिपोर्टका अनुसार एक्लै बस्ने सबैभन्दा ठुलो कारण स्वतन्त्रता हो । एक्लै बस्नेहरूले आफूलाई धेरै समय दिन सक्ने महसुस गर्छन् । कुनै पनि रोकटोक बिना आफ्नो लक्ष्य हासिल गर्न सक्नेछन् । धेरै अनुसन्धानहरूले देखाएको छ कि एक्लै बस्ने मानिसहरूले आफ्ना आमाबाबु र भाइबहिनीहरूलाई थप मद्दत गर्न सक्छन् । एक्लै बस्नेहरूको सामाजिक घेरा पनि ठुलो हुन्छ ।’एजेन्सी
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१३ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



