महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ गरिँदै

काठमाडौँ ।  महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनका अनुसार शिवरात्रिका लागि पशुपतिनाथमा आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित रु पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिइन्छ । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।

साधुसन्तको दक्षिणाका  लागि रु आठ लाखदेखि १० लाखसम्म छुट्टाइएको कोषले जनाएको छ । यसपाली पशुपतिनाथमा आउने साधुसन्तको सङ्ख्या बढेको कोषले जनाएको छ ।

यसैगरी महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा सङ्कलन भएको भेटिको गणना कार्य पनि आइतबारबाट सुरु भएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । उनका अनुसार गणना सक्न अझै पाँच–छ दिन लाग्नेछ । यही फागुन ६ गतेको महाशिवरात्रिमा कम्तीमा १५ लाख भक्तजन पशुपति मन्दिर पुगेका र सात लाख जनाले मूल मन्दिरको नै दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य पूर्णसङ्गम जेठाराले जनाकारी दिए ।रासस

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१५ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares