

चुरेकाछमा जङ्गली हात्तीको त्रास
महोत्तरी, धनुषा र सिन्धुलीको साँध चुरे पहाड वारिपारि जङ्गली हात्तीको त्रास बढेको छ । वारिका महोत्तरी जिल्लाको बर्दिबास, धनुषाको मिथिला र पारिका सिन्धुली जिल्लाका कमलामाई र दुधौली नगरपालिका क्षेत्रका चुरेकाछका बस्तीमा जङ्गली हात्तीको त्रास छाएको हो ।शनिबार बिहान झिसमिसेमा सिन्धुलीतर्फको रानीबास बस्तीमा जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएपछि चुरेकाछका बस्तीमा त्रास छाएको छ । चुरेपारिको जोडिएकै बस्तीमा हात्तीको उपद्रो बढेपछि महोत्तरीका पर्साहीधाप, रजबास, कालापानी, धनुषाका तुलसी, विसम्भर, बाहुनमारा र लोहटासहितका बस्तीमा सर्वसाधारण कामविशेषले हिँडडुल गर्न पनि छाडेका छन् ।
ऊ त्यहीँ पारि मान्छे मा¥यो, कसरी सुत्न सकिन्छ रु” बर्दिबास–३ रजबासका सामाजिक कार्यकर्ता रामबहादुर थापाले भने, “जङ्गली हात्तीको त्रासले मान्छे घरबाट निस्कन छाडेका छन् ।” हात्तीको आक्रमणमा मान्छे मरेपछि हिजो शनिबार दिनभरि बर्दिबास–कटारी रुटमा कुनै सवारी साधन चलेनन् ।
बर्सेनि चुरेकाछका बस्तीमा जङ्गली हात्तीको उपद्रव हुँदै आएको छ । खेतबारीको बालीनाली माडेर नोक्सान गर्ने, पराल राखेका माच लडाउने, केराका थाम उखेल्ने र काठेघर लडाउनेसम्मका हात्तीको उपद्रव खेप्दै आइएको काछवासी बताउँछन् । कहिले एउटै र धेरैजसो तीनवटाको सङ्ख्यामा पछिल्लो एक दशकयता बर्सेनिजसो जङ्गली हात्तीको उपद्रो चुरे क्षेत्रमा हुँदै आएको छ । यसपालि पछिल्लो तीन–चार दिनयता एउटै हात्ती बस्ती पस्ने गरेको सर्वसाधारणले बताएका छन् ।
दिउँसभरि घना जङ्गलभित्र लुक्ने हात्ती मध्यरातपछि बस्ती पस्ने गरेको पाइएको छ । शनिबार पनि बिहान कुखुरा बास्ने बेलातिर हात्तीले रानीबासमा मान्छे मारेको हो ।
सर्वसाधारण त्रासमा भएका बेला डिभिजन वन कार्यालय सिन्धुलीले अहिले बस्ती पस्ने गरेको हात्तीलाई शनिबार लट्टिने औषधि प्रयोग गरिएको जनाएको छ । बस्ती पसेको हात्तीले मिथिला नगरपालिकाको ढल्केवर माथिल्लो बस्तीमा तीन जनालाई पछारेर मारेको थियो ।रासस
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१६ घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



