कलाकार पल शाह आज जेलमुक्त हुदैँ

काठमाडौं/एक बर्ष देखी तनहुँ कारागारमा रहेका कलाकार पल शाहले आज छुटदैछन् ।

जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुटन लागेका हुन । 

जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतत पोखरालेले अभियोग दावी नपुग्ने ठहर गरेको थियो । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले उनी बिरुद्धको अभियोगमा दावी नपुग्ने ठहर गरेको हो । उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको बिरुद्ध उनी उच्च अदालत गएका थिए ।

यसअघि उनले तनहुँ जिल्ला अदालतवाट सफाई पाई सकेका छन । नावालिग माथी बलात्कार गरेको आरोपमा उनी गत बर्ष पक्राउ परेका थिए । आरोपी बालिकाले शाह माथी झुटा मुद्धा भएको भन्दै अदालतमा बकपत्र गरेकी छिनु । 

उच्त अदालतको आदेशसँगै शाह आज स्वास्थ्य परिक्षण गरी तनहुँ जिल्ला अदालतवाट छुटने तनुहँ कारागार प्रशासनले जनाएको छ ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१६ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares