नारायणीमा हाम फालेका युबकको ९ किमी तलबाट जीवितै उद्धार

चितवन/भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका युवाको उद्धार भएको छ ।

खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो उक्त नदीमा हाम फाले पछि खोजीमा खटिएको सशस्त्र प्रहरीको टोलीले जिबितै उद्धार गरेको हो ।

 हाम फालेको जनाकारी पाए लगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करिब १ किलोमिटर तल नदीको बीचबाट महतोलाई जीवितै उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार उद्धार पश्चात् उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको थियो । 

 

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१६ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares