पर्वतमा चितुवा मर्‍यो

काठमाडौं/पर्वतमा स्थानीयबासिन्दाले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको चितुवा मरेको छ । पर्वतको फलेवास नगरपालिका २ गहतेमा शुक्रबार बिहान एउटा चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका थिए ।

तर वन कार्यालयमा बुझाएको केही समयपछि नै उक्त चितुवा मरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए । उनका अनुसार उक्त चितुवाले बिहान बिहानमात्रै एकजना महिलालाई आक्रमण गरी सामान्य घाइते बनाएको थियो । चितुवालाई बिहान करिब १० बजेतिर स्थानीयले नियन्त्रणमा लिएका थिए ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१६ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares