मधेस प्रदेश सरकारले दियो आज पनि सार्वजनिक बिदा, जनकपुरमा धुमधामसँग होली मनाइँदै

जनकपुरधाम । मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लाहरूमा मंगलबार नै होली मनाईए पनि जनकपुरधाम लगायत आसपासका क्षेत्रहरूमा आज धूमधामका साथ मनाइँदै छ । बिहानैदेखि नगरको विभिन्न स्थानमा युवायुवतीहरू एक अर्कालाई रङ्ग अबीर दली होली पर्व मनाइरहेका छन् ।१५ दिने मिथिला मध्यमा परिक्रमा तथा अन्तःगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपालिका बुधबार मनाउन लागिएको हो ।

होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । नेपालमै जनकपुरधाममा एक विशेष प्रकारले होली मनाउने गरिन्छ ।

होलीका लोकगीत, सङ्गीतले आज बिहानैदेखि जनकपुरधाम गुञ्जायमान भएको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुन महिनाको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ । ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुसी लाग्ने पारामा जिस्क्याउने प्रचलन छ ।

फागु पूर्णिकाको दिन आफ्नो कुल देवतालाई अबीर, सिन्दूर, चढाइ पूजा गरिन्छ । विभिन्न परिकार बनाई खुसीयाली साथ खाने–खुवाउने चलन रहेको छ । खानापछि एक अर्कालाई अँगालो मारी माया–प्रेम बाँड्ने चलन छ ।

दिनभरि झुन्डका झुन्ड भई घरमा गई होलीसम्बन्धी गीत गाउने, एक अर्कालाई अबीर लगाई नरिवल, सुपारी, बदाम तथा छोकडा दिई स्वागत गरिन्छ ।

मधेसको यो परम्पराले नै होलीको वास्तविक अर्थ झल्काउँछ । यसले एक अर्काबीचको सम्बन्ध बढाउने, माया साटासाट गर्नेर भ्रातृत्व तथा सद्भाव बढाउने अवसर दिन्छ ।

होली हिन्दुहरूको  प्राचीन पर्व हो । यस अवसरमा मधेस प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा⊥ दिएको छ ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१९ घण्टा अगाडि

1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
Shares