

पशु बलि दिएर छावालाई तालिम
हात्ती प्रजनन केन्द्रका माउते राकेश महतोले छावा (गोपालगञ्ज नामकरण)को टाउको र कानको जोर्नीमा खुट्टाले बिस्तारै धकेल्दै ‘बैठ’ (बस)भनेपछि सरक्कै बस्यो । अनि फेरि उहाँले त्यही जोर्नीमा खुट्टाले बिस्तारै धकेल्दै भुइँमा भएको लौरो आफूलाई दिन छावालाई निर्देशन दिए , “उपर दे (माथि दे) ।” माउतेको निर्देशन पाएको छावाले सुँढले उठाएर लौरो माथि दियो । फेरि माउते महतोलाई छावालाई सुताउन मन लागेपछि खुट्टाले जोर्नीमै धकेल्दै भने – सुत । छावाले लुरुक्कै कुरा मान्यो र सुत्यो । हात्तीलाई तालिम दिइएको यो दृश्य हात्ती प्रजनन केन्द्र पुग्ने जोकोहीले अचेल सहजै देख्न सक्छन् । प्रजनन केन्द्रका कर्मचारीले गोपालगञ्जजस्ता छावालाई सजिलै भनेको मान्ने बनाउन निकै मिहिनेत गर्ने गरेका छन् । “माउबाट छुटाएर बिस्तारै छावालाई तालिम दिने गरिन्छ,” माउते महतोले भने, “उसलाई हिँड्न, बस्न, उठ्न, सामान दिन वा केही काम लगाउन बिस्तारै सिकाउने गरिन्छ ।”
हिमालीकलीबाट पहिलो बेतमा जन्मिएको गोपालगञ्ज अहिले साढे तीन वर्षको भयो । अहिले गोपालगञ्जले अन्य हात्तीसरहकै तालिम पाइरहेको छ । ऊसँगै अहिले प्रजनन केन्द्रमा शनिगञ्ज, खगेन्द्रगञ्ज, गोपालगञ्ज र सिमसारगञ्जलाई तालिम दिइएको छ । प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले भने, “यी छावालाई पहिला त माउबाट छुटाएर दुईवटा हात्तीले बाँधेर बीचमा राखी हिँड्न, बस्न र उठ्न सिकायौँ ।”
तीनदेखि चार वर्षका ती छावालाई झन्डै दुई महिनाको तालिमपछि मात्रै माउतेको इसारा बुझ्न सक्ने बनाउन सकिन्छ । यसरी तालिम दिँदा वनदेवी र खवारीको पूजा गर्ने र पशुपक्षी बलि दिने पनि प्रचलन तालिम केन्द्रमा छ ।
“तान्त्रिक विधिबाट देवीदेवताको पूजा गरी छावालाई खवारीको खाँबोमा तीन÷चार दिनसम्म बाँधेर बस्न नदिई राखिन्छ,” प्रमुख महतोले भने, “यसरी पूजा गर्दा तालिमक्रममा विघ्नबाधा नआओस् भनेर बोका, कुखुरा, परेवालगायतका पशुपक्षी बलि दिने प्रचलन छ ।”
बलि दिएर खवारीमा डोरीले बाँधेर राखिएको छावालाई दाना, आहार र पानीसमेत नियमितभन्दा कम दिइन्छ । यसरी बाँध्दा उसले धेरै उपद्रो मच्याउन थाल्यो भने नजिकै आगो बालेर छावाको रिस शान्त पार्ने गरिन्छ । “आगोको लप्काले तर्साएर उसलाई नियन्त्रणमा राखिराख्छौँ,” उनले भने। यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
आवास योजनाको सूचना दिन पूर्वाधार विकास कार्यालयको आलटाल, सूचना लुकाएको आरोप
-
कोशी प्रहरीका सहायक हवल्दारमाथि गम्भीर आरोप : गाँजा तस्करी सञ्जालसँग सम्बन्धदेखि रकम उठाउने कामसम्मको चर्चा
-
अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द, बेदकोटमा ४ दिन र भीमदत्तमा १२ दिन बिदा
-
लागू औषध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य : आईजीपी कार्की
-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
२० घण्टा अगाडि
1.7kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…



