

नरोल जातको सर्वाधिक महँगो गाई, मूल्य ५६ करोड रुपैयाँ
साढे चार वर्षको एउटा गाई विश्वकै सर्वाधिक महँगो गाई बनेको छ । नरोल जातको भियाटिना–१९ एफआईभी मारा इमोभेइस नामको उक्त गाईको मूल्य ४.३ मिलियन डलर (५६ करोड रुपैयाँ बढी) तोकिएको छ । गाईको एक तिहाइ स्वामित्व हालै ब्राजिलको अरान्डुमा भएको लिलामीमा १.४४ मिलियन डलरमा बेचिएको छ । यो गाईलाई गत वर्ष नै संसारको सबैभन्दा महँगो गाईको नाम दिइएको थियो । त्यति बेला यसको आधा स्वामित्व लगभग ८ लाख डलरमा लिलामी गरिएको थियो । त्यस बेला पनि यो ऐतिहासिक मूल्य नै थियो । यो रेकर्ड ब्रेक गर्ने कारोबारले नरोल जातको गाईबस्तुको उच्च मागको सङ्केत गर्दछ ।नरोल जातको गाई भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लाको नामबाट नामकरण गरिएको हो । यसको निकै उत्कृष्ट मेटाबोलिजम हुन्छ । निकै कम खानामा पनि यो बाँच्न सक्छ । यसको छाला असाध्यै बलियो र बाक्लो हुने भएकोले सङ्क्रमणबाट पनि सजिलै जोगिन सक्छ । यसको छालामा किराहरूले टोक्न सक्दैनन् । यसको प्रजनन पनि निकै सजिलै हुन्छ । यो जातको गाईको शारीरिक बनावट प्रजननको हिसाबले निकै राम्रो छ । यसको बाछो हुर्काउन मानिसको खासै सहयोग चाहिँदैन ।एजेन्सी
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



