

चाँगुनारायणमा लम्पी स्किनको महामारी रोक्न निःशुल्क खोप : गोठगोठमै प्राविधिक टोली
भक्तपुर । महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग रोकथामका लागि चाँगुनारायण नगरपालिकाले खोप तथा उपचार अभियान सञ्चालन गरेको छ । कृषि क्षेत्रमा आधारित चाँगुनारायण नगरपालिकामा कृषि र पशुपालनमा आत्मनिर्भर यहाँका अधिकांश किसानको गाईपालन रहेको र यहाँका ८० प्रतिशत गाई लम्पी स्किनबाट प्रभावित भएपछि नगरपालिकाले खोप तथा उपचार अभियान सुरु गरेको हो । नगरपालिकाका प्रमुख जीवन खत्रीले यहाँका अधिकांश बासिन्दाको घरघरमा गाईभैँसी पालन रहेकोमा अधिकांशको घरमा लम्पी स्किन रोगले गाई बिरामी हुने र मर्न थालेपछि नगरपालिकाले अभियान सञ्चालन गरेको बताए । “एक महिना अगाडिदेखि नै यो रोगको महामारी फैलिएको थियो, हाम्रो तर्फबाट रोग नियन्त्रणका लागि सक्दो प्रयास गर्यौँ, यहाँका ८० प्रतिशत गाई यो रोगबाट प्रभावित भएका छन्”, नगरप्रमुख खत्रीले भने, “लम्पी स्किन फैलिनबाट रोक्न र उपचार गर्न हामीले वडावडामा, गोठगोठमै पुगेर पशु चिकित्सक एवं प्राविधिक टोलीले निःशुल्क खोप लगाउने र उपचार गर्ने कार्यको थालनी गरेका छौँ ।”
नगरपालिकाको पशुपक्षी विकास शाखाले लम्की स्किन रोग नियन्त्रणका लागि प्राविधिक टोली खटाएर एक हजार पाँच सय खोप लगाएको बताए । शाखाका चिकित्सकसहितको प्राविधिक टोलीले वडावडामा घुम्ती शिविरनै सञ्चालन गरेर गोठगोठमै पुगेर रोगको जाँच, निःशुल्क खोप, निःशुल्क औषधि वितरण गरी किसानलाई लम्की स्किन रोगबारे जनचेतनामूलक जानकारी गराएको छ ।
नगरप्रमुख खत्रीसहित बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले एकसाता अगाडि बागमती प्रदेशका पशुपक्षी मन्त्री डा राजेन्द्र श्रेष्ठसँग भेट गरी लम्पी स्किन रोग नियन्त्रणका लागि पर्याप्त मात्रामा खोप एवं औषधिको व्यवस्था गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका थिए । महामारी नियन्त्रणका लागि नगरपालिकाले २४ सै घण्टा सेवा उपलब्ध गराउने व्यवस्था गरेको भन्दै उनले यो रोगबाट भएको क्षतिको विवरण स¬ङ्कलन गर्ने कार्य भइरहेको जानकारी दिए ।
धेरै जसो किसानले पशु बीमा नगराएको र पशु बीमा गराउनुपर्छ भन्ने ज्ञान नहुँदा किसानले यो रोगबाट लाखौँको क्षति व्यहोर्नुपरेको छ । समयमै खोप नआउँदा महामारीले चरम रूप लिएपछि घरघरमा पालेका गर्भवती गाईदेखि दूध दिइरहेको गाईहरू मरेका छन् ।
पशु बीमा गराएकाले पनि बीमा कम्पनीबाट सहजरूपमा क्षतिपूर्ति नपाउँदा समस्या परेको छ । पशु बीमाको रकम किसानलाई बीमा कम्पनीले उपलब्ध गराउन समेत नगर प्रमुख खत्रीले आग्रह गरेका छन् ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



