

पोखरा महानगरपालिकाले वितरण गर्यो बाख्रापालक कृषकलाई अनुदान रकम
पोखरा । पोखरा महानगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरेको छ । व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका कृषक यसबाट लाभान्वित भएका छन् । महानगरले ‘मेयरमैत्री बाख्रा पकेट’ कार्यक्रमअन्तर्गत महानगरका एक सय ९१ कृषकलाई ४४ लाख २० हजार अनुदान रकम प्रदान गरेको हो ।
पोखरा महानगर वडा नं १९ का २४ कृषकलाई ६ लाख २० हजार, वडा नं २० का ३२ कृषकलाई ७ लाख २० हजार र वडा नं २१ का ४३ कृष्णकलाई १० लाख रकम प्रदान गरिएको छ ।
यसैगरी वडा नं २४ का ३७ जनालाई ८ लाख २० हजार, वडा नं २५ का २३ जनालाई ४ लाख ८० हजार र वडा नं २८ का ३२ जनालाई ७ लाख ६० हजार नगद अनुदान प्रदान गरिएको महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले बताए । अनुदान प्राप्त गर्न योग्य सबै कृषकलाई महानगर प्रमुख धनराज आचार्यले सोमबार रकम प्रदान गरेको हो ।
वडास्तरमा गठन गरिएका कृषि सञ्जाल र अनुदान प्राप्त गर्ने कृषकले महानगरको सहयोगप्रति खुसी व्यक्त गरेका छन् । कृषकका समस्या समाधानका साथै आफूहरूको हौसला वृद्धिका लागि यस प्रकारका कार्यक्रमको निरन्तरतामा उनीहरूले जोड दिएका छन् ।
सो अवसरमा महानगर प्रमुख आचार्यले अनुदानले कृषकलाई हौसला मिल्ने विश्वास व्यक्त गरे। उनले भने, “महानगरपालिका कृषकको सहायताका लागि सदैव सकारात्मक छ । महानगरको समृद्धिसँग कृषकको समृद्धि पनि जोडिनु पर्दछ, आत्मसम्मानका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्ने वातावरणको सिर्जना गर्न महानगरपालिका प्रतिबद्ध छ ।”
कृषिजन्य उत्पादनमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरतातर्फ उन्मुख बनाउन कृषकको योगदान उल्लेखनीय हुने भएकाले आफ्नो उत्पादनको स्वच्छतामा समेत ध्यान दिन उनले आम कृषकलाई अनुरोध गर्नुभयो । कृषकलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता र बजारीकरणका लागि आफूहरू प्रतिबद्ध रहेको उनले बताए ।
“तपाईँहरू उत्पादनमा केन्द्रित हुनुहोस्, त्यो उत्पादनको बजार सुनिश्चितता हामी गछौँ ।” उत्पादनका क्रममा हुने लगानीको सुनिश्चितता गरिने भएकाले कृषकलाई निराश हुने वातावरण सिर्जना नगरिने उहाँले विश्वास दिलाए। पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा बाख्रापालन कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक भइरहेको बताए।
बाख्रापालनप्रति कृषकले देखाएको चासो र उनीहरूले प्राप्त गरेको लाभले आफूहरूलाई यस क्षेत्रमा थप कामका लागि हौसला मिलिरहेको उहाँले बताए । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका पशु विकास अधिकृत सहदेव पौडेलले विभिन्न प्रकोपका कारण समस्यामा रहेका कृषकलाई यस प्रकारको अनुदानले राहत मिल्ने विश्वास व्यक्त गरे ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



