

इन्भेष्टमेन्ट बैंकका सीइओको बैंक खाता रोक्का, सम्पत्ति सुद्धिकरणमा छानविन हुँदै
काठमाडौं बैशाख ४ । नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ ज्योतिप्रकाश पाण्डेमाथि सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले छानबीन थालेको छ । पाण्डेको खातामा स्रोत नखुलेको करोडौं रुपैयाँ देखिएपछि विभागले छानबीन थालेको हो । ‘उहाँमाथि छानबीन चलेको हो । उहाँको खातामा स्रोत नखुलेको अस्वभाविक रकम देखिएको छ,’ विभाग स्रोतले भन्यो । छानविनकै क्रममा उनको बैंक खाता रोक्का गरिएको छ ।
आगामी असार १ गतेदेखि नै अवकास पाउँनै लागेका पाण्डेमाथि विभागले छानबीन थालेको हो । दुई कार्यकालसम्म नेपाल ईन्भेष्टमेन्ट बैंकको सिइओ बनेका पाण्डेको खातामा अकुत सम्पत्ति रहेको उजुरीका आधारमा विभागले उनीमाथि छानबीन थालेको हो । पाण्डे विरुद्धविगत लामो समय अगाडी नै उजुरी परेपनि छानबीन हुन सकेको थिएन । तर, विभागको नेतृत्वमा प्रेम प्रसाद भट्टराई आएपछि छानबीनले तिब्रता पाएको हो । आफ्नो सम्पत्तिमाथि छानविन हुन थालेपछि त्यसलाई निस्तेज पार्न पाण्डेको दौडधुप जारी छ ।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
१४ घण्टा अगाडि
2.1kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



