

सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालयद्वारा गोताखोर तालिम सञ्चालन
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयले गोताखोर तालिम सञ्चालनमा ल्याएको छ ।पानीमुनिको गहिराइमा पुगेर खोज तथा उद्धारमा खटिने जनशक्ति बढाउन बराह बाहिनी पकलीले २० जनालाई समावेश गरी गोताखोर तालिम सञ्चालनमा ल्याएको हो । कोशी प्रदेशमा हाल गोताखोरको संख्या ६ मात्रै रहेको छ ।
सीमित जनशक्तिले प्रदेशभरको माग धान्न नसकिएको अवस्थालाई मध्यनजर गर्दै बराह बाहिनीले प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय र सहकार्यमा गोताखोर तालिम सञ्चालनमा ल्याइएको जनाएको छ ।तालिम पश्चात् तयार हुने दक्ष जनशक्ति आवश्यकताका आधारमा विभिन्न स्थानमा खटिने भएकाले प्रदेशमा खोज तथा उद्धारको कार्य छिटो र छरितो तवरले सम्पादन हुने बराह बाहिनीको विश्वास छ ।
समाज
थप सामाग्री-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
१४ घण्टा अगाडि
1.1kViews 379 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)…



