एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपाने : कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा

कतार । मलेसियामा सफल व्यवसायीका रूपमा चिनिएका एनआरएनए सचिव खगेन्द्र न्यौपानेले उपाध्यक्ष पदमा आफ्नो प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्न कतारको दोहामा आयोजित कार्यक्रममा वर्तमान सचिव न्यौपानेले मध्यपूर्व र मलेसियाका एजेन्डाहरू एउटै रहेको जनाउँदै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन । संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरूको आग्रह र साथीभाइको अनुरोधमा आफूले सन २०२३–२५ कार्यकालका लागि मध्यपूर्वको हव कतारबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको न्यौपानेले बताए ।
आरके शर्माको अध्यक्ष पदको उम्मेदवारी घोषणा कार्यक्रममा उनीसँगै आफूले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेको न्यौपानेले बताए । एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसिसी सदस्य, एक कार्यकाल अध्यक्ष, एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक र वर्तमान आइसिसी सचिवको जिम्मेवारी सफलताका साथ निभाइसकेकाले एनआरएनए अभियानमा लागिरहँदा आफ्ना मुद्रालाई स्थापित गर्न आइसिसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । गैर आवासीय नेपाली सङ्घको अभियानमा आफूले सदैव सकारात्मक भूमिका खेल्दै आएको उनले बताए । एनआरएनए अभियानमा लाग्दै गर्दा यस पवित्र सामाजिक संस्थाबाट प्राप्त अनुभवलाई सँगालेर आगामी कार्यकालको लागि एनआरएनए आइसिसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु’, उनले अगाडि भने, ‘विगतको मेरो भूमिकालाई नजिकबाट समीक्षा गर्नु हुने सम्पूर्ण अग्रज, साथीभाइले मलाई उपाध्यक्ष पदमा बसेर संघलाई अझ बढी योगदान दिन गरेको अनुरोधलाई आत्मसाथ गर्दै उपाध्यक्ष पदमा उम्मेदवार दिने निर्णय गरेको हुँ ।’ नेपालमा समेत विभिन्न क्षेत्रमा व्यवसाय गरेका न्यौपाने एनआरएनएभित्र लोकप्रिय मानिन्छ । एनआरएनए अभियानको क्रममा विश्वका धेरै मुलुकहरू पुगिसकेका न्यौपाने हाल मध्यपूर्व भ्रमणमा रहेका छन् । उपाध्यक्षका उम्मेदवारहरूको सूचिमा अग्र स्थानमा रहेका न्यौपानेलाई विश्वमा रहेका गैर आवासीय नेपालीहरूले मन पराएका छन् ।

Facebook Comments Box
अपराधविरुद्ध कडा सन्देश : आईजीपी दानबहादुर कार्कीको स्पष्ट निर्देशन– ‘अपराधीसँग हार्दिकता होइन, कानुनी प्रक्रिया अपनाउनू’
७ घण्टा अगाडि

1.7kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अपराध नियन्त्रण…

TOP
Shares