भाडामा लिएको गाउँपालिकाको गाडी लिएर कोन्ज्योसोमका अध्यक्ष लामा घुमघाममा मस्त

यो कस्तो सुशासन हो अध्यक्ष ज्यु ?  ललितपुर । सुशासनको चर्का नारा रटान गर्ने अनि वार्षिक नीति तथा कार्यक्रममा सशुासनकै भजन गाउँने ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले सुशासनकै धज्जी उडाएका छन् ।

गाउँपालिकाले पालिकाको प्रयोजनका लागि भाडामा लिएको गाडीको चरम दुरुपयोग गर्दै घुमघाम र मस्ती गरिरहेका छन । कार्तिक १३ गते पारिवारिक कामका लागि भन्दै पोखरा निस्किएका लामाले पोखरा सहित मनाङ र जोमसोम लगायतका स्थानमा घुमघाम समेत गरेर हाल पोखरामा मस्ती गरिरहेका छन् ।

पालिकाले भाडामा लिएको ग १ च ६४८० नम्बरको सवारी र चालक लिएर पारिवारिक कामका लागि भन्दै पोखरा पुगेका उनले सशुासन सँगै सरकारी श्रोत साधनको समेत धज्जी उडाएका हुन् । उनीसँगै कोन्ज्योसोम गाउँपालिका वडा नम्बर २ शंखु मगरगाउँ माध्यमिक विद्यालयका प्रअ फुलधोज लामा, सहायक प्रअ राजेश घिमिरे लगायत लामा निकटका ब्यक्तिहरु लिएर पोखरा पुगेका थिए ।

पालिकाका अध्यक्ष लामाको भ्रमण र सवारी साधन बारे पालिकाका सुचना अधिकारी चित्रदेव दाहालाई खोजमिसन न्युजले सम्पर्क गर्दा आफुलाई कुनै जानकारी नभएको जवाफ दिए । आफूँ इलामबाट विहिवार मात्रै फर्किएको बताउदै पालिका अध्यक्ष र सवारी साधन बारे कुनै जानकारी नभएको दाहालको भनाई छ । पालिकाका प्रमुख प्रशासकिय अधिकृतले पालिका अध्यक्षको बचाउ गर्दै पारिवारीक कामका लागि पोखरा गएको जानकारी आफुलाई भएको तर पालिकाको सवारी साधन र सवारी चालक लगेकोबारे जानकारी नभएको खोजमिसन न्युजलाई जानकारी दिए ।

यस्तै घुमघाममा ब्यस्त रहेका पालिकाका अध्यक्ष लामाले भने आफुले पालिकाकाको सवारी र चालक लिएर पोखरा, मुस्ताङ र जोमसोम गएर हाल पोखरामा आईपुगेको स्वीकार गरेका छन् । उनले आफ्नो बाध्यता बुझिदिन आग्रह गर्दै चाहेर सवारी साधनको दुरुपयोग नगरेको जवाफ दिएका छन् । उनले भने–“ आपतकालिन अवस्थामा कानुन नै पालना गनुपर्छ भन्ने छैन, व्यवहारिकता पनि बुझिदिनुपर्छ ।”

आफुले चाहेर दुरुपयोग नगरेको र बाध्यात्मक अवस्था आउँदा प्रयोग गर्न बाध्य भएको बताउँदै यस्ता गल्तीहरु अब देखि नदोहराउने समेत लामाले प्रतिबद्धता जनाएका छन् ।

उपत्यकावासी भएर पनि कोन्ज्योसोम गाउँपालिकाका स्थानीयले अझै यसको अनुभूत गर्न पाएका छैनन् । सडक, शिक्षा, खानेपानी, कृषकका समस्याहरु यथावत नै छन् । विकास निमार्णका काम हुँदै नभएका होईनन,् भएका ठाँउहरुमा ढिला हुँने र पारदर्शीता नहुँने लगायतका गुनासा स्थानियहरुले बारम्बार उठाउँदै आएका छन ।

यस्तै गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायतलाई कर्मचाहीरुले अटेर गर्न समयमा कार्यालयमा उपस्थीत भएर सेवाग्राहीलाई सेवा नदिने लगायतका गुनासाहरु पनि यथावत छन् । यस्तो अवस्थामा गाउँपाािलका अध्यक्षको गतिविधिले कोन्ज्योसोम गाउँपालिकामा सुशासन आउला ? यो प्रश्न पालिका अध्यक्ष लाई नै ?खोज मिसनबाट साभार

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१५ घण्टा अगाडि

1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares