

नेपाल प्रहरीका ५ जना एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षकहरु (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार ५ जना प्रहरी उपरीक्ष (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएपी) मा बढुवा सिफारिस भएका हुन् ।गृहमन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा सिफारिस हुनेहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालमा कार्यरत बसन्त रजौरे, नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत रविकुमार पौडेल,काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नं २ महाराजगञ्जमा कार्यरत नवीनराज राई, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, मानवश्रोत व्यवस्थापन महाशाखा दाङमा कार्यरत वीरबहादुर ओली र काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत चन्द्रदेव राई रहेका छन् ।
सचिवालयले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको जनाएको छ ।

समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१५ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



