

बाह्र करोडको कृषिजन्य वस्तु निकासी
सल्यान। चालू आर्थिक वर्षको आठ महिनामा सल्यान जिल्लाबाट १२ करोड रुपियाँभन्दा बढीको कृषिजन्य वस्तु निकासी भएको छ । कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रमेशकुमार बस्नेतले यस अवधिमा कपुरकोट कृषि उपज केन्द्रबाट १२ करोड सात लाख २६ हजार ५५ रुपियाँको कृषिजन्य वस्तु जिल्लाबाहिर गएको जानकारी दिनुभयो ।
गत वर्ष यहाँबाट ७३ करोड रुपियाँको कृषि उपज जिल्लाबाहिर निकासी भएको थियो । यहाँबाट निकासी हुने तरकारीमा ७५ प्रतिशत कपुरकोट गाउँपालिकामा उत्पादन हुने तरकारी रहेको छ ।
यस वर्षको आठ महिनाको अवधिमा यहाँबाट कुल २९ लाख ८२ हजार १११ किलो कृषिजन्य वस्तु निकासी भएको छ । बस्नेतका अनुसार सो केन्द्रबाट गोलभेँडा ११ लाख १० हजार ७३१ किलो, बन्दा आठ लाख हजार १२ हजार ७२७ किलो, काउली चार लाख ४२ हजार २५० किलो, सिमी एक लाख २६ हजार ४४२ किलो, भेँडे खुर्सानी एक लाख १३ हजार ६२६ किलो, काँक्रो एक लाख ६४ हजार ७२३ किलो, हरियो खुर्सानी एक लाख तीन हजार ८६१ किलो निकासी भएको छ । यसैगरी मूला, भान्टा, अकबरे खुर्सानी, तिते करेला, चुच्चे करेला, साग, राजमा सिमी, आलु, स्थानीय सिमी, फर्सी, खुर्सानी, इस्कुसलगायतका तरकारी निकासी भएको छ ।
कपुरकोट र आसपासको क्षेत्र मौसमी र बेमौसमी तरकारी उत्पादनका लागि प्रख्यात छ । सल्यानकै त्रिवेणी, छत्रेश्वरी तथा रोल्पा र दाङबाट समेत कपुरकोट सङ्कलन केन्द्रमा तरकारी सङ्कलन हुने भए पनि कपुरकोट गाउँपालिकाभित्रका किसानले उत्पादन गरेको मात्र तरकारीको तथ्याङ्क राखिने गरेको कपुरकोट बजार केन्द्रले जनाएको छ । सल्यान जिल्लामा पछिल्लो समय मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ किसानको आकर्षण बढिरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२४ घण्टा अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



