तातोपानीमै थन्कियो ५० टन युरिया

सिन्धुपाल्चोक ।किसानले मल अभावमा धानको ब्याड राख्न नपाएको बेला उत्तरी तातोपानी नाकामा भने चीनबाट खरिद गरिएको ५० टन युरिया २० दिनदेखि थन्किएको छ । भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी सुक्खा बन्दरगाहको गोदाममा ५० टन युरिया (५० कन्टेनर) मल थन्किएको हो । भन्सार प्रक्रियाका लागि कोही नआउँदा मल गोदाममै रोकिएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

‘यसअघि सामान आए लगत्तै भन्सार प्रक्रिया सकेर काठमाडौं लगिने गरिए पनि २० दिनअघि भित्रिएको ५० कन्टेनर युरिया लिन कम्पनीका प्रतिनिधि अझै आएका छैनन्,’ उनले भने, ‘हामी भन्सार प्रक्रिया सकेर तुरुन्तै पठाउन तयार भएर बसेका छौं, सम्बन्धित पक्षलाई खबर पनि पठाएका छौं ।’ मल आयातको ठेक्का पाएको सिल्क ट्रान्सपोर्टले यसअघि ५ सय ३९ मेट्रिक टन तातोपानी नाका हुँदै काठमाडौं पुर्‍याएको थियो । ६० दिनभित्र मल लिन नआए भन्सार नियमअनुसार सामान जफत हुने प्रावधान रहेको र यसबारे सम्बन्धित कम्पनीलाई मौखिक जानकारी दिएको पनि उनको भनाइ छ ।यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

 

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares