

अष्ट्रेलियालाई श्रीलंकाले हरायो, शृंखलामा २-१ को अग्रता
अष्ट्रेलियामाथि श्रीलंकाले लगातार दोस्रो जित निकाल्दै ५ खेलको एक दिवसीय सिरिजमा २-१ ले अग्रता बनाएको छ।ओपनर पाथुम निस्सानकाको शतकमा श्रीलंकाले तेस्रो ओडिआईमा अष्ट्रेलियालाई ६ विकेटले हरायो।अष्ट्रेलियाले दिएको २ सय ९२ रनको लक्ष्य घरेलु टोली श्रीलंकाले ४८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
श्रीलंकाको जितमा ओपनर पाथुम निस्सानकाले १ सय ३७ रनको अविजित शतकीय इनिङ खेले। ओडिआई करिअरमा पहिलो शतक बनाउने क्रममा उनले १ सय ४७ बलमा ११ चौका र २ छक्का प्रहार गरे।यस्तै कुशल मेन्डिस ८७ रनमा रिटायर्ट हर्ट भए। दोस्रो विकेटका लागि कुशल र पाथुमले १ सय ७० रनको सानदार शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए।
निरोशन डिक्कवेला र धनन्जय डि सिल्भाले २५–२५ रन बनाउँदा चरिथ असलंका १३ रनमा अविजित रहे।
अष्ट्रेलियाका झेय रिचर्ड्सनले सर्वाधिक दुई विकेट लिए। जोश हेजलवुड र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए।
त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो। उसका लागि ट्रविस हेडले सर्वाधिक ७० रनको अविजित इनिङ खेले ।
कप्तान आरोन फिन्चले ६२ रन बनाउँदा एलेक्स केरी ४९ रनमा आउट भए।
ग्लेन म्याक्सवेलले ३३, मार्नस लाबुसेन २९, मिचेल मार्श १०, ओपनर डेविड वार्नर ९ रनमा आउट भए । क्यामसन ग्रिन १५ रनमा अविजित रहे।
श्रीलंकाका जेफ्री वान्डरसेले सर्वाधिक ३ विकेट लिए। यसअघि दोस्रो खेलमा श्रीलंकाले २६ रनले हराएको थियो। पहिलो ओडिआईमा अष्ट्रेलिया दुई विकेटले विजयी भएको थियो। चौथो खेल मंगलबार र पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ।एजेन्सी
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



