

ललितपुर जिल्ला भलिबल छनौट प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेल सम्पन्न
ललितपुर असार ८। राष्ट्रपति शिल्ड प्रतियोगिताअन्तर्गत ललितपुर जिल्ला भलिबल छनौट प्रतियोगिताको सेमिफाइनल जावलाखेल भलिवल प्रशिक्षण केन्द्रमा सम्पन्न भएको छ ।
मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा छात्रतर्फ मदन स्मारक माविले फुलचोकी माविलाई २५—२०, २५—१८ को सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेका छ भने दोस्रो सेमिफाइनलमा भ्याली पब्लिकले सिद्धि मंगल माविलाई २५—२२, २५२१ को सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै, छात्रातर्फ भएको पहिलो सेमिफाइनल खेलमा नमूना माविले सिद्धि मंगल माविलाई २२—२५, २५—१८, २५—२१ को सेटमा जित निकाली फाइनलमा प्रवेश गरेको छ भने दोस्रो सेमिफाइनलमा माउन्ट ओलिभ माविले भ्याली पब्लिक माविलाई २५—२०, २५—२३ को सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
छात्र र छात्रातर्फ भएको सेमिफाइनल खेलको उद्घाटन ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिनोद महर्जनले गरेका थिए ।
फाइनलमा प्रवेश गरेका छात्रतर्फ मदन स्मारक मावि र भ्याली पब्लिक मावि र छात्रातर्फ नमुना मावि र माउन्ट ओलिभ बीच प्रतिस्पर्धा हुने छ भने आज तेस्रोको लागि सेमिफाइनलमा पराजित टोलीहरुबीच प्रतिस्पर्धा गराइने ललितपुर जिल्ला भलिबल संघका महासचिव भीम नेमकुलले जानकारी दिएका छन् ।
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



