किसानलाई आधुनिक कृषि उपकरण वितरण

माघ १९, उदयपुर। प्रधानमन्त्री कृषि आधुनिकरण परियोेजनाअन्तर्गत उदयपुरका किसानलाई सोमबार उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा ६० लाख रुपैयाँ बराबरको विभिन्न आधुनिक कृिष उपकरण तथा समग्री वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि परियोजना एकाइले जिल्लाका विभिन्न किसानलाई आधुनिक कृषि विकासको लागि आधुनिक उपरकण तथा सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको एकाइका सूचना अधिकारी उत्तम पोखरेलले बताए । जिल्लाका ५५ समूहका किसानलाई कृषिको नयाँ प्रविधि र उपकरण तथा सामग्री वितरण गरिएका छन् ।

वितरण गरिएका उपरकण तथा कृषि सामग्रीमा ट्र्याक्टर १, पावर ट्रिलर १, मिनी ट्रिलर २५, कम्बाइमिल २९, बीडर १, भ¥याङ , फुटस्प्रेट ६, तौल मेसिन २६, थ्रेसर दुई थानलगायतका उपकरण तथा सामग्री छन् ।

यस्तै जिल्लाको चौदण्डीगढी नगरपालिकाको विभिन्न सहकारीलाई पनि आर्थिक सहयोग उपलब्ध गराएको सूचना अधिकारी पोखरेलले बताए । चौदण्डीगढी नगरपालिकाको जीवन बहुउद्देश्य कृिष फार्म र दूधकोसी बहुउद्देश्य कृषि फार्मलाई रु २२ लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको पनि सूचना अधिकारी पोखरेलले बताए। रासस

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares