चितवनमा बाढीको वितण्डा :उर्लियो नारायणी नदी,छैन वर्षा रोकिने छाँटकाँट

चितवन । नारायणी नदीको नारायणगढ देवघाट क्षेत्रमा जल सतह बढेको छ । शनिबार सबेरैदेखि चितवनमा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण जिल्लाको दक्षिणी भेग माडीका खहरे खोलाहरूमा बाढी आउँदा यातायता सेवा प्रभावित भएको छ ।चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै बिहान १० बजेर ४० मिनेट जाँदा नारायणी नदी देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको जनाएको छ । जल सतह बढ्दो क्रममा रहेको हुँदा नदी तटका बासिन्दालाई सजग रहन प्रशासनले अपिल गरेको छ । साँझसम्म उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । चितवनमा पानी रोकिने संकेत देखिएको छैन ।
शनिबार बिहान साढे ११ बजे नारायणगढस्थित नारायणी पुलमुनी पानीको तह १० दशमलब ७७ मिटर पुगेको छ । नारायणगढमा ११ मिटर माथि पुगेपछि खतराको तह भन्ने बुझिन्छ ।त्यसैगरी भरतपुर माडी ठोरी हुलाकी सडकमा चल्ने यातायात प्रभावित भएका छन् । इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खोलाहरू बढेपछि माडीबाट ठोरी जाने सबै गाडीहरू बन्द भएका छन् । माडी चितवन सदरमुकाम भरतपुरबाट दक्षिण निकुञ्जको जंगल पारी रहेको बस्ती हो ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
205 Shares