दाङमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ घाइते

दाङ । शान्तिनगरमा आइतबार बेलुका जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ज ७७० नम्बरको जिप शान्तिनगर गाउँपालिका–१ हारिचारमा पल्टिँदा त्रिवेणी गाउँपालिका–३, टोड्के, सल्यानका ४६ वर्षीय यमबहादुर केसीको मृत्यु भएको हो ।

दुर्घनामा त्रिवेणी–३, सल्यानका ४५ वर्षीया ऐश्वर्या केसी, ४५ वर्षीया पार्वती केसी, ३४ वर्षीया रेखा वली, ३१ वर्षीया रोजिका वली, त्रिवेणी गाउँपालिका–३, रुकुम पश्चिमकी २५ वर्षीया सरिता खड्का र मध्यनेपाल नगरपालिका–७, लमजुङकी २४ वर्षीया लिला बास्तोला घाइते छन् ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिमिल्सिनाले बताए । चालक फरार रहेको र उनको खोजी भइरहेको तिमिल्सिनाले जानकारी दिए ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
175 Shares