

गृह मन्त्रालयद्धारा गुनासो सुनुवाई कक्ष
काठमाडौं ।
गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाई कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ती जारी गरी मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानूनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै त्यसका लागि मन्त्रालयसित सम्वन्धीत नागरिकका गुनासो, जिज्ञासा र सुझावको विभिन्न माध्यमबाट सम्बोधन गर्दै आएको जनाएको छ ।
“ मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन गुनासो सुनुवाई कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।” गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भन्नुभयो–“ मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धीत गुनासोहरु सेवाग्राहीले सम्बन्धित निकायकोको हकमा सोही निकायको प्रमुख वा विभागीय प्रमुख समक्ष गुनासो गर्न सकिनेछ ।”
उहाँले गुनासो कक्षबाट मन्त्रालय र अन्र्तगतका निकायमार्फत प्रवाह हुने सेवा सम्वन्धी गुनासो विभिन्न माध्यम र प्रक्रियाबाट राख्न सकिने जानकारी दिनुभयो ।
“ प्राप्त गुनासो सम्वन्धीत निकायको प्रमुख, विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारी मार्फत प्राथमिकताका साथ सुनुवाई र फछर्यौट गर्ने व्यवस्था मिलाइएको छ ।” प्रवक्ता तिवारीले भन्नुभयो–“ सम्वन्धीत निकायबाट गुनासो सुनुवाई हुन सकेमा गुनासो कक्षको ईमेल (जभिियनचष्जब२नmबष्।िअयm), फेसबुक (हेलो गृहमन्त्रालय), एक्स हेलो गृह mयजबनगलबकय, ह्वाट्सएप (९८५१३६०६०३ र हुलाकमार्फत लिखित रुपमा पनि गुनासो राख्नु सकिनेछ ।”
गृहमन्त्री रमेश लेखकले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवा थप सुदृढ बनाउन गुनासो कक्ष स्थापनामा जोड दिनुभएको थियो ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



