

काठमाडौं सिडीयो अफिसमा ‘घुसखोर’ कर्मचारीकै टिम !
काठमाडौं ।नागरिकता त्यो देशको नागरिक भएको प्रमाण । गैर नागरिकले र, आवश्यक प्रमाण नपुगेका कसैले पनि नागरिकता पाउँदैनन् ! र, पाउनु पनि हुन्न ।
तर, यहाँ सुनको तस्करी गर्ने विदेशीले पनि नागरिकता लिएकै छन् । अन्य अवैद्य धन्दामा लागेका विदेशीहरु जसले नेपालकै नागरिकता लिएका-पाएका कति छन्- छन् ? दक्षिणका मात्रै होइनन्, उत्तरका पनि थुप्रैले नेपाली नागरिकता लिएर आफूलाई आवश्यकता अनुसार नेपाली र विदेशी बनाइरहेका छन् । त्यस्तो धन्दामा स्वयम् राष्ट्र सेवक भनाउँदा कर्मचारी नै लागेको पाइन्छ । यसरी, त्यसरी, जसरी पनि पैसोतिरै ध्यान दिनेहरुले गर्ने यस्ता अपराधजन्य क्रियाकलाप ख्वै कसले छानविन गर्ने ?
तर, उत्तर-दक्षिणका विदेशीले धमाधम र सहजै नेपालको नागरिकतामा पहुँच पुराइरहँदा नेपालमै जन्मेहुर्केका र पढेलेखेका एवम् आवश्यक कागजात समेत भएकाहरुले भने नयाँ नागरिकता प्राप्त गर्न त्यती सहज देखिन्न काठमााडौंको सिडीयो अफिसमा । आवश्यक सबै कागजात पेश गर्दा पनि यो भएन, त्यो भएन, यसो भएन, त्यसो भएन भन्दै फर्काइदिने, सेवाग्राहीसँग झर्काेफर्काे गर्ने त नागरिकता फाँटका कर्मचारीको दैनिकी नै बनिसकेको देखिन्छ ।
कार्यालयकै अभिलेखमै रहेको, सक्कली कागजातमा अति सामान्य कमीकमजोरी देखियो भने पनि सिडीयो कार्यालयका कर्मचारीले कामको सिलसिला अघि बढाउन मान्दैमान्दैनन् । नयाँ नागरिकता फाँटको १०२, १०३, १०४ र १०५ नम्बरमा खटिएका कर्मचारी हरपल एकजुट देखिन्छन् । उनीहरुले दलाल मार्फत आएको काम बाहेक सिधैं सेवाग्राहीले लिएर गएको काम पन्छ्याउने वा यसो र त्यसो भन्ने बाहेक अरु जानेकै हुन्नन् । सिडीयो कार्यालय परिसर जाने जोकोहीले देख्ने, बुझ्ने विषय हो यो । तर, पनि त्यतातर्फ ख्वै कुन्नी सिडीयो र ३-३ जना सहायक सिडीयोको नजर नै पर्दैन ।
कर्मचारीको छुद्रशैली र झर्काे लाग्ने व्यवहार बारे सिडीयो – साहायक सिडीयोलाई मुस्कीलले भेटेर गुनासो गरीहाल्यो भने उनीहरुबाट पनि खासै चित्त बुझ्दो जवाफ पाइँदैन । पाइहाले पनि बिना लेनदेन काम हुने भन्ने कल्पना मात्र हो । नागरिकता फाँटमा खटिएका कर्मचारीको ‘एकै स्वर, उस्तै शैली’ अचम्म लाग्दो देखिन्छ । यता, झ्याल बाहिर सेवाग्राही उनीहरुका व्यवहारले ‘रुनु न हास्नु’को अवस्थामा देखिन्छन् ।
तर, त्यही काम दलाल मार्फत गयो भने १० मिनेटमै फत्ते । अचम्म लाग्दो त के भने एकछिन अघि दोष र खोट लगाउँदै बदर गरिएका कागजात दक्षिणा बुझाएपछि त्यसै सदर हुन्छन् । दलालमार्फत जोडिएका सेवाग्राहीको काम मोवाइलमा हेरेरै पनि रुजु गरिन्छन्, फोटोकपी पनि स्वीकार्छन् । अर्थात् बोलेकै भरमा पनि विश्वास गर्छन् ।
दलालले काम र अवस्था अनुसार रकम मोलतोल गर्ने गर्छन् । त्यसरी मोलतोल गरेर असुलीएको रकम कर्मचारीको तह अनुसार भागवण्डा हुन्छ । तर, त्यो भागवण्डा कुन तहसम्म पुग्छ, त्यो छानविनकै अवस्था देखिएको छ अहिलेलाई ।
समान्यतया, सेवाग्राहीलाई सेवा दिने नाममा महत्वपूर्ण शाखा दामखोरी नियत भएकाले मात्रै पाउने गर्छन् । उनीहरुले औलाइदिएको खोट अनुसार रकम मोलमोलाइँ हुन्छ । काठमाडौं सिडीयो कार्यालयको नयाँ नागरिकता शाखामा खटिएका कर्मचारी प्राय:जसो मालदार अड्डा र महत्वपूर्ण शाखामै खटिन्छन् र खटाइन्छ पनि । सिडीयो कार्यालय काठमाडौंमा कार्यरत शाखा अधिकृत उपेन्द्र शाह एउटा त्यस्तै पात्र हुन्, जो सधैँजसो महत्वपूर्ण अड्डामा खटिने गरेका छन् । यसअघि, सवारी अनुमती चालक प्रमाण पत्र प्रदान गर्ने निकाय यातायात व्यवस्था विभागको ठूलो भर्याङ शाखामा, त्यसअघि अध्यागमन विभागको भिषा प्रदान गर्ने शाखामा खटिएका उनको अहिलेको जिम्मेवारी काठमाडौं सिडीयो कार्यालयको पनि महत्वपूर्ण शाखा नयाँ नागरिकता फाँट हो । नागरिकता जस्तो संवेदनशिल विषयमा पनि त्यहाँ पुगेका सेवाग्राहीसँग प्रशासकिय अधिकृत शाहले सिधैं आफूले भने आर्थिक लेनदेन गर्दैनन्, त्यसका लागि दलाल परिचालन गरिएको हुन्छ ? झ्यालबाट फर्काइएको सेवाग्राहीलाई दलालले पिछा गर्दै गएर अनामनगर वा बबरमहल तिर भेटेर वार्तालाप गर्ने गरेको पाइन्छ । अझै अचम्म त यीनै उपेन्द्र शाहले भ्रष्टाचार बारे कलम पनि चलाएका छन्, उनको लेख नागरिक दैनिकको २०८० पुस २३ गतेको अंकमा छापिएको लेख पढ्दा कुन्नी केलाई भन्दा केलाई लाज जस्तो पो लाग्यो त । (https://nagariknews.nagariknetwork.com/opinion/1401291-1704673929.html?click_from=category)
हुनत, यतीबेला काठमाडौं सिडीयो कार्यालयकै हेड अर्थात् प्रमुख जिल्ला अधिकारी जयराम आचार्य नै शैक्षिक योग्यताको प्रमाणपत्र सम्वन्धि विवादमा तानिनू भएको छ । न्यायलयले समेत उहाँमाथि ‘खवरदारी’ गरिसकेको छ । यसैले पनि उहाँ सिडीयोको कुसीमा बस्न करिव-करिव अयोग्य भैसक्नु भएकाले अरु को कुन कर्मचारीका पनि के-के आरोप अभियोग होलान्, खोजीकै विषय बन्दैछ । यस्तो बेलामा नागरिकले पाएको सास्तीको ख्वै कसले सुनवाई गर्ला र ? जे भए पनि, आफ्नै देशको नागरिकमाथि अनागरिक व्यवहार गर्ने अनी गैर नागरिकलाई ‘नगद नारायण’ बुझेकै भरमा नागरिकता प्रदान गर्ने काम जिम्मेवार कोही कसैबाट पनि नहोस् । र, सेवा लिन कार्यालय पुगेका सेवाग्राहीमाथि राष्ट्रसेवक भनाउँदा कोहीबाट पनि अभद्र व्यवहार र अशिष्ट शैली प्रयोग नगरियोस् यी व्यक्तिको भूमिका पनि शंखास्पद
यहीबीच, तस्वीरमा देखिएका यी व्यक्तिको पनि शंखास्पद भूमिका नागरिकता फाँटमा देखियो । निस्फीक्री सिडीयो कार्यालयका विभिन्न शाखामा आउजाउ गर्ने यी व्यक्ति सिडीयो कार्यालयकै निगरानीकर्ता हुन् वा दलालका हेड त्यसबारेमा छानविन चल्दैछ । उनका शंखाष्पद व्यवहार कहिले अनामनगरको हनुमानस्थानसम्मका चियापसलमा त कहिले जिल्ला प्रशासन कार्यालयको परिसर, राहदानी फाँट, राष्ट्रिय परिचयपत्र फाँट, नागरिकता फाँटलगायतका अन्य फाँटमा गरिरहेको बेरोकटोकको ओहोरदोहोरले देखाउथ्यो । यी सबै विषयमा छानविन जारी छ ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



